By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिकस्वास्थ्य

सोरुमा सिटामोल पाउनै मुस्किल

aagaman
Share
SHARE
Ad imageAd image

मुगु, १४ असार । मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका मातहातका स्वास्थ्य चौकीहरुमा सामान्य औषधि सिटामोलसमेत पाउन मुस्किल भएको छ । पालिकाका खनाया स्वास्थ्य चौकी, जिमा स्वास्थ्य चौकी, भिई, नाथर्प, बुम्चलगायत स्वास्थ्य चौकीहरुमा सिटामोलसहित औषधिको चरम अभाव देखिएको हो ।

गाउँपालिकामा आठवटा आधारभूत स्वास्थ्य केन्द्र, चारवटा सामुदायि स्वास्थ्य र तीनवटा इकाई रहेका छन् । पछिल्लो समय यी स्वास्थ्य चौकीहरुमा औषधि मुस्किलले पाउने गरेको छ ।उपचार गर्न आएका बिरामीलाई एक चक्की सिटामोलसमेत पाउन गाह्रो अवस्था छ । स्वास्थ्य चौकी जिमाका ईन्चार्ज कर्णबहादुर सावतका अनुसार अहिले सामान्य सिटामोल पनि पाउनै गाह्रो भएको बताए ।

उनका अनुसार जिल्लामा सञ्चालित एक गैरसरकारी संस्था फेज नेपालले केही रुपमा औषधि सहयोग गरेको बताए । पछिल्लो समय स्वास्थ्य चौकीमा दैनिक २० देखि ५० जनासम्म बिरामी उपचार गर्न आउने गरेका छन् । तर, उनीहरु औषधि नपाई घर फर्किन बाध्य भएका छन् ।

उक्त स्वास्थ्य चौकीमा उपचार गर्न सिप, जिमा, गिलाहा बुम्च गाउँका बिरामीहरु आउने गरेका छन् । ‘न त पालिकाले औषधि दिन्छ, न त जिल्ला स्वास्थ्यबाट नै आउँछ,’ उनले भने ।

औषधिको लागि जिल्ला स्वास्थ्य कार्यालय र पालिका स्वास्थ्य शाखामा औषधिको माग फारम पेस गर्दै हैरान भएको स्वास्थ्य चौकी जिमाका ईन्चार्ज कर्णबहादुर सावतले बताए । स्वास्थ्य चौकीमा ९८ प्रकारको औषिध हुनुपर्नेमा १० किसिमको औषधि पनि पाउनै मुस्किल भएको छ । यता सोरु गाउपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीका अनुसार माग फारमका आधारमा औषधि उपलब्ध गराउने नियम रहेको बताए ।

पालिकाले औषधि खरिदमा प्रयाप्त बजेट नछुट्याउने र जिल्ला स्वास्थ्य कार्यालयले औषधि उपलब्ध नगराउँदा दुर्गम बस्तीका स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव हुने गरेको छ । दुई चार दिनभित्रै औषधि नभएका स्वास्थ्य केन्द्रमा औषधि पठाइने सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले बताए । जिल्ला स्वास्थ्य कार्यालयबाट आएको औषधि र पालिकाले खरिद गरेको औषधि पठाइने उनको भनाइ छ ।

aagaman June 28, 2023 June 28, 2023
Previous Article राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
Next Article आज हावाहुरीसहित भारी वर्षाको सम्भावना
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?