By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीति

ललिता निवास जग्गा प्रकरणका ‘दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिनुहुन्न ’

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, १३ असार । सांसदहरुले बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले ललिता निवास जग्गा प्रकरणका मुख्य दोषीलाई पनि कारबाही गर्न सरकारसंग माग गर्नुभयो ।

सांसद राजेन्द्रकुमार केसीले ढिलै भए पनि सरकारले ललित निवास जग्गा प्रकणको फाइल खोलेकामा धन्यवाद दिँदै जग्गा प्रकरणका मुख्य दोषी नउम्किने गरी कानुनी प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । उहाँले भन्नुभयो, “ललिता निवास जग्गा प्रकरणमा साना माछा समातिँदैछन् त्यसमा संलग्न ठूला माछाहरु समातिन्छन् कि समातिँदैनन् चिन्ता थपिएको छ, त्यसप्रति गम्भीर हुन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।”

सांसद रामहरि खतिवडाले ‘ललिता निवासमा साना माछा ढोक्सामा पर्ने कुरा आएको छ, ठूला माछा पनि ढोक्सामा परून्’ भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भानुभक्त जोशीले सङ्घीय शिक्षा ऐनमा रहेको व्यवस्थाबमोजिम आन्दोलनरत शिक्षकको समस्या सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मनबहादुर गुरुङले केही दिनअघि परेको अविरल वर्षाका कारण  पोखरा वडा २६ स्थित रिट्ठेपानी डाडाँको पश्चिम दक्षिणतर्फबाट पहिराले स्थानीयवासी नरबहादुर, अनिता र दिलबहादु भण्डारीको घर उच्च जोखिममा परेको, घरसँगै जोडिएको धनसार भत्किएको, दुई गाईको बाच्छीको मृत्यु भएको र सयौँ रोपनीमा सिँचाइको पक्की कुलोसमेत बगाएकाले पीडितहरुको उचित व्यवस्थापन र क्षतिपूर्तिको माग गर्नुभयो । 

सांसद महेशकुमार बर्तौलाले देशभरका तीन सय १३ भन्दा बढी पालिकामा स्वास्थ्य मन्त्रालयमार्फत काज र समायोजनमा खटिएका कर्मचारीले १३ महिनादेखि तलब नपाएको जनाउँदै दुई हजारभन्दा बढी कर्मचारीको अविलम्ब तलब पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रेखा यादवले माइतीघरमण्डलामा धर्नारत सामुदायिक विद्यालयका कर्मचारीको समस्या अबिलम्ब सम्बोधन गर्न सरकारसंग माग गर्नुभयो ।  सांसद महेश बस्नेतले कानुन विपरीत नक्सापास नगरी भवन बनाउने प्रवृत्ति बढेको जनाउँदै यसलाई नियन्त्रण गर्न माग गर्नुभयो । 

सांसद माधव सापकोटाले विनियोजन विधेयकको प्रक्रिया सम्पन्न भएलगत्तै सरकारले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप योगको विधेयक टेबुल गरिसकेको भन्दै अर्को अधिवेशन नकुरीकन यो संवेदनशील विषयलाई टुङ्गो लगाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

साथै, सङ्घीय निजामती कर्मचारी सेवा ऐन, सङ्घीय शिक्षक ऐन, सङ्घीय प्रहरी समायोजन ऐनलगायत महत्वपूर्ण विधेयक चालु अधिवेशनबाट सम्पन्न गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयनको सन्देश दिनेगरी काम गर्न माग गर्नुभयो ।

सांसद मानवीर राईले सोलुखुम्बुको सल्लेरीमा किराँती समुदायले चन्दा उठाएर ११ रोपनी जग्गा खरिद गरी किरात सङ्ग्रहालयका लागि क्रमगत योजना र बजेट परेको तर, यो वर्ष बजेट कटौती गरिएको जनाउँदै बजेट व्यवस्था गर्न आग्रह गर्नुभयो ।  साथै, सल्लेरीबाट खुम्बुसम्म जाने दमार्ग जाने पदमार्गका लागि बजेट विनियोजन गर्न पनि उहाँले माग गर्नुभयो ।

सांसद मेनुका कुमारी पोखरेलले बर्खा लागेसँगै किसान खेतीपातीको चटारोमा रहेको र मलखाद नपाएर उनीहरु भौँतारिरहेको जनाउँदै  उनीहरुलाई पर्याप्त मलखादको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मैना कार्कीले संविधानमा मौलिक हकका रुपमा व्यवस्था भएको नागरिकले आफ्नै जिल्लामा विशेषज्ञ चिकित्सककाट कहिले स्वास्थ्य सेवा पाउँछन् भनी सरकारसँग प्रश्न गर्नुभयो । सांसद मङ्गलप्रसाद गुप्ताले सङ्घीय निजामती कर्मचारी ऐन नहुँदा सङ्घीयताको कार्यान्वयनमा असर परेको, कर्मचारी व्यवस्थापन नहुँदा सुशासन खस्केको र भ्रष्टाचार र अनियमितता बढेको भन्दै तत्काल उक्त ऐन बनाएर लागू गर्न माग गर्नुभयो ।

सांसद रघुजी पन्तले अहिले दैनिकजसो पटक–पटक बिजुली जाने गरेको जनाउँदै उत्पादित विद्युत्को खपत र बिक्री वितरणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रणकुमारी बलम्पाकी मगरले त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुल नजिकै राहदानी विभाग परिसरमार सयौँले खैनी चुरोट खाएर पानीका बोतल जथाभावी फालेको र यसले विद्यालय शान्ति क्षेत्रको अवधारणाको खिल्ली उडाएको जनाउँदै  कि त विभागभित्रै लाइन लगाउने या त अनलाइनमार्फत घरघरमा राहदानी पु¥याउने व्यवस्था मिलाउनुपर्छ भन्नुभयो ।  

सांसद रणेन्द्र बराइलीले गायक प्रकाश सपुतलाई गत हप्ता रोमानिमा आयोजित कार्यक्रमकैबीच बोतल प्रहारी गरी घाइते बनाइनु गम्भीर विषय रहेको भन्दै यस्ता गतिविधिमा संलग्न अपराधीलाई सम्बन्धित मुलुकमा कूटनीतिक पहलमार्फत कानुनी कारबाही गर्न सरकारसमक्ष माग गर्नुभयो ।

सांसद रमा कोइराला पौडेलले विसं २०७० मा वैदेशिक रोजगारीका लागि मलेसिया गएका जुम्ला हिमा गाउँपालिकाका यामलाल परियारको मलेसियामा निधन भएको जनाउँदै उहाँको शवसँगै बीमालगायत सम्पूर्ण सुविधासहित स्वदेश ल्याउन पहल गरिदिन आग्रह गर्नुभयो ।

सांसद रञ्जुकुमारी झाले मनसुनको सुरुआतमै देशले पूर्वका जिल्लामा जनधनको क्षति भएको, मनसुनबाट हुनसक्ने क्षतिको पूर्वतयारीको अवस्थाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजेन्द्रकुमार राईले चार वर्षदेखि धनकुटाको पाख्रिबास मुगा–भोजपुर सडकखण्ड सुरु भएको र यो पटक बजेट कटौती भएको जनाउँदै तत्काल रुपमा बजेट विनियोजन गर्नुपर्छ भन्नुभयो । 

सांसद रामकृष्ण यादवले वर्षौंदेखि समस्या रहेको नागरिकताको समस्या समाधान भएकामा सरकारलाई धन्यवाद दिनुभयो । धनुषालगायत तराईका जिल्लामा खाद्यान्नको मुख्य क्षेत्र भएकाले आवश्यक सिँचाइँको व्यवस्था मिलाउन माग गर्नुभयो । 

सांसद रोशन कार्कीले महिला दाइजो प्रथाको निहुँमा कहिलेसम्म मर्ने, शारीरिक र मानसिक यातना खेप्ने भनी प्रश्न गर्दै तत्कालै गृहमन्त्रालयमा सहायता कक्ष खडा गरी दोषीमाथि कानुनी कारबाहीको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद लीलानाथ श्रेष्ठले खेतीबालीको समयमा मलखादको व्यवस्था मिलाउन र सनसुन चलिरहेकाले सम्भावित विपद्जन्य जोखिम नियन्त्रणका लागि सबै संयन्त्रलाई तयारी राख्नु पर्छ भन्नुभयो । सांसद लेखनाथ दाहालले जमिनको वैज्ञानिक वर्गीकरणका लागि भू–उपयोग नीति बनो कि बनेन, कित्ताकाट किनबेज प्रक्रियामा अनियमितता भएको भनी सञ्चारमाध्यममा आएको जनाउँदै सम्बन्धित मन्त्रालयले छानबिन गरी घटनामा दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद मञ्जु अन्सारीले नागरिकता पाउन वञ्चित नागरिकलाई सहज रुपमा नागरिकता पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु रामशङ्कर यादव, रामप्रकाश चौधरी, रुक्मणी राणा बराई लगायतले समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।
aagaman June 28, 2023 June 28, 2023
Previous Article करेन्ट लागेर घाइते भएका कञ्चनपुरमा ४४ वर्षीय विष्टको मृत्यु
Next Article भ्रष्टाचारविरुद्धको अभियान नरोकिन्ने प्रधानमन्त्री दाहालको दाबी
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213714
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?