By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
विज्ञान तथा प्रविधि

विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइकाबारेमा प्रधानमन्त्रीको यस्तो निर्देशन

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागु गर्न निर्देशन दिएका छन् ।

मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोसमेत स्मरण गराए ।

‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

मुलुुककै जेठो यस त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसको अवसरमा विश्वविद्यालय परिवारलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु।

त्रिभुवन विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान र सङ्कायबाट विभिन्न विषयमा आवश्यक मापदण्ड पूरा गरेर तोकिएको परीक्षासमेत उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीहरूको ग्रेस लिष्ट पारित गर्न बसेको विश्वविद्यालय सभाको यस गरिमामय वार्षिक दिवस बैठकमा सहभागी हुने सुअवसर प्राप्त भएकोमा गौरवान्वित भएको छु।

विद्वान् सभासद्ज्यूहरू,

कुलपतिको हैसियतबाट मैले नेपालका विश्वविद्यालयहरूका शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक पक्षलाई गम्भीरतापूर्वक नियालेको हुन्छु। त्रिभुवन विश्वविद्यालयको वर्तमान शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक गतिविधिबारे मैले विभिन्न श्रोतबाट आवश्यक जानकारी हासिल गर्ने गरेको छु। यस विश्वविद्यालयले भोगिरहेका समस्याहरू, ती समस्याका कारणहरू र समाधानका उपायहरूबारे विश्वविद्यालयका पदाधिकारीज्यूहरू र सरोकारवालाहरूसँगको भेटघाट, सम्वाद एवम् विश्वविद्यालयका बिभिन्न औपचारिक कार्यक्रमहरूमा छलफल हुने र निर्णयसमेत लिने गरिएको छ। त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रयत्न गरिरहेको कुरा यस गरिमामय सभामा उल्लेख गर्नु सान्दर्भिक नै ठानेको छु।

त्रिभुवन विश्वविद्यालयमा आबद्ध शिक्षक, कर्मचारीका प्रतिनिधिहरू, विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवम् छलफलका आधारमा प्राप्त सूचना र जनचाहनाअनुरुप त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालिन र दीर्घकालिन योजनाहरू बनाई अगाडि बढनु अत्यावश्यक छ। यसका लागि विश्वविद्यालयबाट पेस हुने उपर्युक्त योजना र कार्यक्रममा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु। विश्वविद्यालयका समस्याहरूको समाधान सम्वाद एवम् रचनात्मक सहयोगबाट गर्नुहुने सबै सरोकारवालासँग हार्दिक अपील गर्दछु।

विद्वान् सभासद्ज्यूहरू,

आज विश्वविद्यालय सभाको वार्षिक दिवस बैठकलगत्तै सभाको साधारण बैठकसमेत बसी त्रि.वि.को आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित नीति कार्यक्रम तथा बजेटमाथि छलफल गरी पारित गर्नुपर्ने हाम्रो अर्को महत्वपूर्ण कार्यभार हो। यस अवसरमा म विश्वविद्यालयबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरूबाट नेपालको आवश्यकता, जनचाहना र विश्वपरिवेश अनुकूल गुणात्मक रूपले प्रतिस्पर्धी विद्यार्थीहरू उत्पादन गरी विश्वबजारमा उचित स्थान प्राप्त गर्नसक्ने बनाउने दिशामा आवश्यक छलफल हुने विश्वास लिएको छु।

हरेक वर्ष उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम किन बढिरहेको छ रु, विद्यार्थीलाई उनीहरूको रूचिअनसारका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरू ल्याउन र विदेशिन नपर्ने अवस्था सिर्जना गर्न म देशको सबैभन्दा ठूलो विश्वविद्यालयको हैसियतमा विश्वविद्यालयलाई विशेष अनुरोध गर्दछु। विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु।

नेपाल सरकारका तर्पmबाट गर्नुपर्ने सहयोगका लागि म सदैव अग्रसर रहनेछु। साथै देशको जेठो तथा ठूलो विश्वविद्यालय भएका हैसियतले यस विश्वविद्यालयको नेपालमा स्थापित अन्य विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई समेत पठनपाठन तथा अनुसन्धान कार्यहरूमा नेतृत्व तथा मार्गनिर्देश गर्ने दायित्व रहेको कुरा स्मरण गराउँछु। मुलुकको संघीय शासन प्रणालीअनुसार उच्च शिक्षाको पुनःसंरचनामा पनि यस विश्वविद्यालयले अग्रणी नेतृत्व लिन विशेष अपील गर्दछु।

अन्त्यमा,

त्रि.वि.लाई विविध किसिमले आवश्यक सहयोग गरी आजको स्थितिसम्म विकसित गर्न योगदान पु¥याउनुहुने सम्पूर्ण प्राज्ञजनहरू, प्राध्यापक, कर्मचारी, अभिभावक, विद्यार्थी, जग्गादाता, दातृ निकाय, सञ्चारकर्मी लगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै त्रि।वि। सभाको आजको यस गरिमामय बैठकबाट त्रिभुवन विश्वविद्यालयको ६१ औँ ग्रेस लिष्ट पारित भई उपाधि प्राप्त गर्नुहुने सबै उम्मेदवारहरूलाई हार्दिक बधाइका साथ उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछु, धन्यवाद।

aagaman June 27, 2023 June 27, 2023
Previous Article भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ
Next Article त्रिभुवन विमानस्थलमा यात्रुको बिदाइ तथा स्वागतमा तीन जना भन्दा बढी जान नपाइने
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213714
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?