काठमाडौ ! जनताको जनवादी पार्टी नेपाल (जजपा) कि केन्द्रिय अध्यक्ष क.सन्ध्या तिवारीको आमा मिना तिवारीको असामयिक निधन प्रति पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलिले समवेदना प्रकट गर्नु भयो । अध्यक्ष ओलिले आज पशुपतिको कृयापुत्रि भवनमा गइ शोक सन्तप्त परिवारजनहरु समक्ष समवेदना प्रकट गर्नु भएको हो । हृदय घातका कारण शनिबार बिहान ३:३० बजे शहिद गङालाल हृदय केन्द्र बासबारिमा स्वर्गारोहण हुनु भएको स्व.तिवारीको दाहसंस्कार पशुपति आर्यघाटमा गरिएको थियो। छातीमा समस्या देखिएपछि बिराटनगर स्थित नोबेल हस्पिटलमा भर्ना गरिएको र थप उपचारका लागि अध्यक्ष तिवारी स्वयम बिराटनगर जानु भइ आमालाई काठमाडौ लिएर आउनु भएको थियो । अध्यक्ष तिवारीको एक दाजु एक भाइ र दिदि हुनुहुन्छ । स्मरण रहोस जजपाकि अध्यक्ष तिवारी तात्कालिन नेकपा एमालेकि अध्यक्ष हुनुहुन्थ्यो ।