By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
कला तथा साहित्य

द सेक्रेट्स अफ राधालाई अमेरिकामा अवार्ड

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, १२ असार । फिल्म ‘द सेक्रेट्स अफ राधा’ले अमेरिकामा सम्पन्न नेपाल–अमरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट फिचर कथानक चलचित्र’ विधाको अवार्ड जितेको छ । यो फिल्मका निर्देशक सुवर्ण थापा हुन् ।

यसैगरी सुजित बिडारीले निर्देशन गरेको फिल्म ‘ऐन झ्लायको पुतली’ र पाकिस्तानी निर्देशक साइम सदिकले निर्देशन गरेको जोयलेण्डले मानार्थ पुरस्कार प्राप्त गरेको छ । यसैगरी उत्कृष्ट छोटो कथानक चलचित्र पुरस्कार सन्तोष दाहालको ‘द मिराज’ले प्राप्त गरेको छ भने सूर्य शाहीद्धारा निर्देशत ‘ह्वील्स अन द बस’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ ।

महोत्सवमा उत्कृष्ट फिचर वृत्तचित्र पुरस्कार सनी लियुद्धारा निर्देशत ‘पियोना म्यान’ र अमेरिकी निर्देशक न्यान्सी स्पेस्डेनले निर्देशन को ‘पासाङः द स्याडो अफ एभरेष्ट’ले प्राप्त गरेका छन् भने सचिन घिमिरेले निर्देशन गरेको वृत्तचित्र ‘इन्टू द मिस्ट’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ । वृत्तचित्र विधातर्फ उत्कृष्ट वृत्तचित्रको पुरस्कार श्रीष् कुँवरद्धारा निर्देशित ‘मेरो बुबा’ले प्राप्त गरेको छ भने भारतका मिधुनजी बाबुको ‘डु डक्स माइग्रेन’ले मानार्थ पुरस्कार पाएको छ ।

महोत्सवले प्रदान गर्ने इम्पावरमेन्ट अवार्ड अस्कर अवार्डमा नोमिनेशन भएको फिल्म ‘कमिङ आउट वीद द हेल्प अफ टाइम मेसिन’ले प्राप्त गरेको छ भने ‘ह्वेर द विण्डो डाइ’ले फ्रिडम अफ एक्सप्रेशन अवार्ड प्राप्त गरेको छ । महोत्सवका निर्णायक अमेरिकाका निना स्टा«इक, रेबेका बुस्तमान्ते र इरानका फरिद बोजमेरले विभिन्न ११ देशका ३७ ओटा चलचित्र मध्येबाट ती फिल्म पुरस्कारका लागि छनौट गरेका थिए ।

एएफआई सिल्भर थियटर र ८० वर्षदेखि सञ्चालनमा रहेको वल्र्ड ग्रिनबेल्ट थियटरमा फिल्म प्रदर्शन गरिएका थिए । महोत्सवमा फिल्म प्रदर्शनका साथसाथै ‘इन्भेस्टिङ इन साउथएशियन स्टोरिज’विषयमा अन्तरक्रिया गरिएको थियो । छलफलमा भारत कलाकार तथा चलचित्र निर्माता,पाकिस्तानका कलाकार तथा निर्देशक नूर नग्मीर नेपालका निर्देशक तथा लाकार सुवर्ण थापा सहभागी थिए । छलफलको सहजकर्ता नेपाल अमेरिका चलचित्र केन्द्रका सहसंस्थापक किर्तना बाँस्कोटाले गरेकी थिइन ।

यसैगरी ग्रिन बेल्ड वल्र्डबेल्ट थिएटरमा अमेरिकन चलचित्र निर्माता र अस्वेत चलचित्रकर्मीबीच छलफल गरिएको थियो । रेड कार्पेटसहित ऐना झ्यालको पुतलीको प्रदर्शनबाट जुन २२ मा सुरु भएको महोत्सवमा नायक राजेश हमाल, सहयोगी संस्था ग्लोबलपिस फिल्म फेस्टिबलका प्रतिनिधि, अमेरिकामा रहेका नेपाली चलचित्रकर्मी, मेरिल्याण्ड गभर्नस् अफिस, मेरिल्याण्ड फिल्म अफिस, मेरिल्याण्ड पार्कस् एण्ड रिक्रियशनका फिल डेभिसलगायतको उस्थिति रहेको थियो ।

aagaman June 27, 2023 June 27, 2023
Previous Article ऋतिक रोशनको फाइटरको तुलना टम क्रुजको फिल्मसँग
Next Article कुमारी बैंकको ३ लाख १६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213802
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?