By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

लागुऔषध दुव्र्यसनविरुद्ध शान्ति समाजको देशव्यापी सचेतना

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, ११ असार । लागुऔषध दुव्र्यसन र अवैध ओसारपसारविरुद्ध मानवअधिकार तथा शान्ति समाजले देशव्यापी जागरण अभियान सुरु गरेको छ । लागुऔषध दुव्र्यसन र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन)का अवसरमा शान्ति समाजको आयोजनामा आज एक दर्जन जिल्लामा विद्यालय केन्द्रित कार्यक्रम सम्पन्न भएको हो ।

यस क्रममा शान्ति समाजका महोत्तरी, सुर्खेत, पाल्पा, तेह्रथुम, कपिलवस्तु, काठमाडौँ, रुपन्देही, बाँके, चितवन, कास्की, दाङ, नुवाकोटलगायत जिल्ला शाखाले विभिन्न शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम आयोजना गरेका हुन् । शान्ति समाज सुनसरी शाखाले पनि लागुऔषध दुव्र्यसन विरुद्ध विद्यालय केन्द्रित सचेतना कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा शान्ति समाजद्वारा तयार गरिएको लागुऔषध दुव्र्यसनविरुद्ध अभियान शीर्षकको अवधारणापत्र प्रस्तुत गरिएको थियो । अवधारणापत्रमा मूलतः युवापुस्तालाई दुव्र्यसनबाट जोगाउने उद्देश्यले लागुऔषध दुव्र्यसनमुक्त विद्यालय, लागु औषध दुव्र्यसनमुक्त समुदाय र लागुऔषध दुव्र्यसनमुक्त कार्यस्थलमा जोड दिँदै यसका लागि अभिभावक, विद्यालय र समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो ।

दुव्र्यसनमुक्त विश्वको लक्ष्य हासिल गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ७ डिसेम्वर १९८७ मा पारित प्रस्तावअनुसार हरेक वर्ष २६ जुनका दिन लागुऔषध दुव्र्यसन र अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । शान्ति समाजले पनि एक दशक अगाडिदेखि लागुऔषध दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । यसैगरी यातनापीडितको सहायतार्थ राष्ट्रसङ्घीय दिवस २६ जुनका सन्दर्भमा शान्ति समाज दाङ शाखाले पनि तुलसीपुरमा अन्तक्र्रिया कार्यक्रम गरेको थियो ।

aagaman June 26, 2023 June 26, 2023
Previous Article सन्दीपविरूद्धको मुद्दामा पीडितलाई १ लाख क्षतिपूर्ति दिन आदेश
Next Article धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213718
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?