By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
कला तथा साहित्य

कुमरा घरका लागि पूर्वनक्सलवादीले दिए अडिसन

aagaman
Share
SHARE
Ad imageAd image

मुम्बई ११ असार । कुनै बेला हातमा बन्दुक लिएर कथित क्रान्तिको बाटोमा पाइला चालेका आदिवासीलाई भारतमा नक्सलवादी भन्ने गरिन्छ । परिवर्तनका लागि बन्दुक उचालेका नक्सलवादीहरु अब फिल्ममा पाइला चाल्ने भएका छन् । प्रहरी समक्ष आत्मसमर्पण गरिसकेका केही महिला नक्सलवादीहरुले हालै एक फिल्मका लागि अडिसनसमेत दिएका छन् ।

आन्ध्र प्रदेशको महाराष्ट्र र छत्तीसगढको सीमावर्ती इलाका गढिचरौलीका एक पूर्व नक्सलवादी अब कलाकार बन्ने तयारीमा छन् । जुन फिल्ममा उनी पूर्व नक्सली अभिनेता बन्दैछन्, त्यो फिल्मको कथामा महिनावारी भएपछि महिलाले घर बाहिर झुपडीमा बस्नुपर्ने पीडा देखाइनेछ ।

हालैमात्र मराठी फिल्मकी अभिनेत्री तृप्ति भोइर र निर्माता विशाल कपुरले आफ्नो फिल्म ‘कुमराघर’को गढिचरौलीमा अडिसन राखेका थिए । जहाँ राज्य समक्ष आत्मसमर्पण गरेका नक्सलीहरुको उल्लेख्य सहभागिता थियो । आत्मसमर्पण गरेर घरमै बसिरहेका नक्सलीहरुलाई भविष्यमा फिल्ममा अभिनय गर्ने र अभिनयमा करियर बनाएर नयाँ पहिचान स्थापित होस् भन्ने हेतुले अडिसन राखिएको थियो ।

यो फिल्मले गढिचरौलीको आदिवासीको परम्परागत संस्कृतिलाई देखाउनेछ । ‘उनीहरुमाथि लागेको नक्सलवादको कलंक मेटाउनका लागि पनि हामीले उनीहरुलाई फिल्ममा लिन लगेका हौं’, अभिनेत्री तृप्तिले भनिन्, ‘यो अडिसनबाट कैयौं प्रतिभाशाली कलाकार छानिएका छन् । उनीहरुको कामबाट हामी खुशी छौं ।’

aagaman June 26, 2023 June 26, 2023
Previous Article धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ
Next Article प्रतिनिधिसभाको बैठक बस्दै,आज विभागीय मन्त्रीले जवाफ दिने क्रम सक्ने तयारी
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213748
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?