काठमाडौं, १० असार । अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर जाने भएको छ । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी स्थलगत जाँच तथा अनुसन्धानका लागि अख्तियारको टोली आउने भएपछि मन्दिर क्षेत्र खाली गराइएको छ ।
मन्दिरमा नेपाली सेनाको टुकडीसमेत पुगेको छ । जलहरी राख्दा ११ किलो सुन अनियमितता भएको उजुरीपछि अख्तियारले छानबिन गरिरहेको छ ।