काठमाडौ, १० असार । जनताको जनवादी पार्टी नेपाल (जजपा) कि केन्द्रिय अध्यक्ष क।सन्ध्या तिवारीलाई मातृ शोक परेको छ।
अध्यक्ष तिवारीको आमा मिना तिवारी ७७ बर्षको उमेरमा हृदय घातका कारण शनिबार बिहान ३:३० बजे शहिद गङालाल हृदय केन्द्र बासबारिमा स्वर्गारोहण हुनु भएको थियो स्व।तिवारीको दाहसंस्कार पशुपति आर्यघाटमा गरि काजकिरिया कोठा न १०९ र १११ मा भइरहेको छ ।
स्व।तिवारीलाई श्रद्धाञ्जली व्यक्त गर्न कोशी प्रदेश सभामुख बाबुराम गौतम पशुपति पुग्नु भएको थियो। छातीमा समस्या देखिएपछि बिराटनगर स्थित नोबेल हस्पिटलमा भर्ना गरिएको र थप उपचारका लागि अध्यक्ष तिवारी स्वयम बिराटनगर जानु भइ आमालाई काठमाडौ लिएर आउनु भएको थियो । अध्यक्ष तिवारीको एक दाजु एक भाइ र दिदि हुनुहुन्छ ।