By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुदब्रेकिङ न्युज

नेदरल्यान्ड्ससँग पराजित हुँदा नेपालको विश्वकप सपना सकियो, सुपर सिक्स पुग्न पनि असफल

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, ९ असार । आईसीसी विश्वकप छनोटको समूह चरणबाटै नेपाल बाहिरिएको छ।

समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग ७ विकेटले पराजित भएसँगै नेपाल विश्वकप छनोटको समूहचरणबाटै बाहिरिएको हो।

१६८ रनको झिनो लक्ष्य पछ्याएको नेदरल्यान्डले ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो।

उसका लागि म्याक्स ओ डाउडले सर्वाधिक ९० रनको पारी खेले। विक्रमजित सिंहले ३० रन बनाएर आउट हुँदा वीसली वारेसी ३ रनमा पेभेलियन फर्किए।

बस दी लीडे र तेजा निडमानुडुले क्रमशः ४१ र २ रनको अविजित पारी खेले।

नेपालका सन्दीप लामिछानेले दुई तथा गुल्सन झाले एक विकेट लिए।

त्यसअघि जिम्बावेको बुलाभायोमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएसँगै नेदरल्यान्डले १६८ लक्ष्य पाएको हो।

नेपालका लागि कप्तान रोहित पौडल ३३, कुशल भुर्तेल २७, भीम सार्की २२, गुल्सन झा १५, दीपेन्द्रसिंह ऐरी १४, कुशल मल्ल १२, आरिफ शेख ६, करण केसी १ र आशिफ शेख शून्य रनमा आउट भए।

सन्दीप लामिछानेले २७ रन बनाएर आउट हुँदा ललित राजवंशीले अविजित रहँदै १ बल खेले।

बलिङतर्फ नेदरल्याण्डका भान वीकले चार तथा विक्रमजित सिंह र बस दी लीडेले समान दुई–दुई विकेट लिँदा क्लेटन फ्लोइड र आर्यन दत्तले एक(एक विकेट लिए।

यसअघि भएको तीन खेलमा नेपालले अमेरिकाविरुद्धको एक खेलमा मात्र जित निकालेको थियो। आयोजक जिम्बावे र वेस्ट इन्डिजसँग नेपाल पराजित भएको थियो।

aagaman June 24, 2023 June 24, 2023
Previous Article जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित
Next Article सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदै
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?