By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

आइसिसी विश्वकप क्रिकेट छनोट : नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, ९ असार । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले अहिले नेदरल्यान्ड्सविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो ।

जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा खेल भइरहेको छ । सुपर सिक्समा स्थान बनाउनका लागि दुवै टोलीसामु आजको खेल जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो भने नेदरल्यान्ड्स तेस्रो खेल खेल्दै छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

यस्तै नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाललाई आजको खेलमा पराजित गरेको खण्डमा नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ । हालसम्म नेपाल र नेदरल्यान्डबीच दुई एकदिवसीय खेल भएका छन् । दुवैले एक÷एक खेलमा जित हासिल गरेका छन् ।

नेपाली टोलीमा आसिफ शेख, कुशल भूर्तेल, भीम सार्की, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् ।

aagaman June 24, 2023 June 24, 2023
Previous Article विद्यालय पुग्न दैनिक ६ घण्टा हिडेर जानुपर्ने बाध्यता फेदीका बालबालिकालाई
Next Article धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
अर्थ ब्रेकिङ न्युज
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश
खेलकुद ब्रेकिङ न्युज
युएईद्वारा नेपालसामु १४१ रनको लक्ष्य
खेलकुद ब्रेकिङ न्युज
नेपालले फाइनलमा यूएईविरुद्ध टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय
खेलकुद ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : info@seasonkhabar.com

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

071838
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?