By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
स्वास्थ्य

स्वास्थ्य क्षेत्र सुधार गर्न समय नलाग्नेमन्त्री बस्नेतको दाबी

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, ८ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले इमान्दारिताका साथ काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा सुधार गर्न समय नलाग्ने बताउनुभएको छ । मन्त्रालयले आज नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गरेको कार्यक्रममा उहाँले इमान्दारिताका साथ काम गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सकिने बताउनुभयो ।

उहाँले सर्वेक्षणले केही स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गइरहेको देखाएको भन्दै इमान्दारिताका साथ काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा सोचेजस्तो सुधार हुने बताउनुभयो । उहाँले सर्वेक्षणले मातृ मृत्युदर घटाउन सफल भएको र बाल मृत्युदर पनि घटाउने प्रयास देखिएको बताउनुभयो ।

मन्त्री बस्नेतले मन्त्रालयले नयाँ–नयाँ काम गरिरहेको उल्लेख गर्दै आजदेखि वीर अस्पतालमा क्याविनबाहेकका शय्या निःशुल्क गरिएको जानकारी दिनुभयो । उहाँले पुरानो अस्पताललाई जनताको अस्पताल बनाउनका लागि निःशुल्क गरिएको बताउनुभयो ।

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा लगाइने कर बढाउने तयारी गरिएकोसमेत बताउनुभयो । सुर्तीजन्य पदार्थमा बढेको करबाट गरिबी, असहाय बिरामीको उपचार गर्ने उहाँको भनाइ रहेको छ ।

यस्तै उहाँले बाढी, पहिरोजस्ता आकस्मिक अवस्थामा उपचार गर्नका लागि आकस्मिक कोष स्थापना आवश्यक रहेको बताउनुभयो । सरकारले राम्रो कार्ययोजना, रणनीति बनाउन सके दातृ निकायले नेपाललाई सहयोग गर्नेसमेत बताउनुभयो ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति कालुराम राईले मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले समितिले मन्त्रालयका काम–कारबाहीलाई नजिकबाट हेरेर आवश्यक सुझावसमेत दिने बताउनुभयो ।

सर्वेक्षण २०२२ प्रस्तुत गर्दै मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले सर्वेक्षणमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि भएको देखिए पनि स्वास्थ्यका केही क्षेत्र अझ पनि स्थिर रहेको र तिनलाई पूरा गर्ने प्रयास गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार सर्वेक्षणको नतिजाले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखिएको छ । सर्वेक्षणमा ९४ प्रतिशत गर्भवती महिला दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती सेवा लिएका छन् । यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर घटेको छ ।

aagaman June 23, 2023 June 23, 2023
Previous Article कांग्रेससँग सरकार बनाउने ओलीको तयारी छ : माधव नेपाल
Next Article विद्यालय पुग्न दैनिक ६ घण्टा हिडेर जानुपर्ने बाध्यता फेदीका बालबालिकालाई
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?