By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

प्रचण्ड सरकारको विकल्पको ढोका खुलिसक्यो : प्रमुख गौतम

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, ८ असार । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्पको ढोका खुलिसकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयले शुक्रबार आयोजना गरेको अन्तर संवादमा गौतमले वर्तमान गठबन्धन सरकारले देश हाँक्न नसकेकाले विकल्पको ढोका खुलेको बताएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणको विषयमा दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको समाचार आइरहेको बताउँदै उनले सरकार परिवर्तनको खेलमा एमाले नलाग्ने भए पनि वर्तमान सरकार देश हाँक्न नसक्ने प्रमाणित भएकोले विकल्प खोज्नुपर्ने बताए ।

‘सरकार परिवर्तनको खेलमा हामी छैनौं, तर सरकार आफैँ असफल सावित भइसकेकोले जनताले सरकार परिवर्तनको बहस प्रारम्भ गरिसकेका छन,’ गौतमले भने, ‘एमाले सरकार परिवर्तनको खेलमा लाग्दैन । देश असफल बन्दा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं । मुलुकलाई निकास दिन सरकारको नेतृत्व गर्नुपरे एमाले तयार छ ।’

वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गर्दै उनले भने, ‘बाढीपहिरोका कारण धनजनको क्षति भएको छ । त्यसको उद्धार, खोजी, राहत, उपचार, पुनस्थापना गर्ने कुरामा सरकार मौन छ । सरकारसँग जवाफदेहिता छैन। चौतर्फी गम्भीर मानवीय प्रश्न उठेका छन । जनता नै सरकारको विकल्पको पक्षमाा छन् ।’

aagaman June 23, 2023 June 23, 2023
Previous Article धान रोप्ने सिजनमा यो वर्ष पहिलेको जस्तो मल अभाव हुँदैन : प्रचण्ड
Next Article नागरिकताविहीनले दिए राष्ट्रपतिदेखि अदालतसम्मलाई धन्यवाद
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213745
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?