By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीति

‘थाहाका प्रणेता विष्टलाई राजनीतिक दलले बुझ्न नसकेको गुनासो

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं,८ असार । थाहा आन्दोलनका सर्जक तथा जनमुखी राजनीतिज्ञ रुपचन्द्र विष्टको २४ औं स्मृति दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

रुपचन्द्र विष्ट स्मारक समिति नेपालको आयोजना र मकवानपुरे समाज काठमाडौंको सहआयोजनामा काठमाडौंको कमलादी स्थित प्रज्ञाभवनमा एक अन्तरक्रिया गरेर स्वर्गीय रुपचन्द्र विष्टलाई स्मरण गरियो ।

राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले समकालीन राजनीतिक दलहरूको नेतृत्व तहमा इमान्दारिताको खडेरी देखिएको भन्दै थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टबाट सिक्नुपर्नेमा जोड दिएका छन् ।

विष्टको २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा विष्टलाई जनमुखी र इमानदार राजनीतिज्ञको रुपमा स्मरण गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद् अर्जुननरसिंह केसीले विष्टलाई सामाजिक हितका निम्ति जीवन अर्पिने जनमुखी नेताका रुपमा सम्झिनुपर्ने धारणा राखे ।

अहिलेका नेताहरू जनताको हितका निम्ति नभइ ठूलठूला भ्रष्टाचार काण्डको ढाकछोपका निम्ति मात्रै एकजुट हुने गरेको केसीको भनाइ थियो ।

नेता केसीले विष्टको वैचारिक स्वतन्त्रता र स्पष्टताको आफू प्रशंसक भएको बताए । विष्ट सदैव न्यायका लागि निष्पक्ष भएको भन्दै अहिलेका राजनीतज्ञहरु निजी स्वार्थमा सक्रिय भएको बताए ।

‘विष्टले निजी स्वार्थलाई छोड्नुभयो। हामी निजी स्वार्थमा अड्कियौं’, उनले भने, ‘ अहिले देशमा भइरहेको भ्रष्टाचारमा सम्पूर्ण पार्टी नेतृत्व एक छ। यसले के देखाउँछ भने हामीले विष्टको विचारलाई ग्रहण गर्न सकेनौं।’

देशमा विभिन्न समस्याहरू विद्यमान रहेको भन्दै नेता केसीले यस्तै अवस्था रहे देशमा अराजक आन्दोलन हुन सक्नेतर्फ संकेत गरे । जबसम्म देशमा निष्पक्ष सक्रियताको अभ्यास हुन सक्दैन तबसम्म समाज सुधार हुन नसक्ने उनको तर्क थियो ।

उनले विष्टले आफु मन्त्री हुँदा कसैको लागि जागिर शिफारिस गर्दा‘यो योग्य भए यसलाई र अरु यो भन्दा बढी योथ्य भए उसलाई जागिर दिनु ’ भनेर पत्र पठाएको र उक्त हस्तलिखित पत्र आफुसंग अहले पनि सुरक्षित रहेको जानकारी दिए ।

अन्तर्क्रिरयामा बोल्दै रुपचन्द्र विष्ट स्मारक समितिका अध्यक्ष तथा पूर्वसांसद् रामनारायण बिडारीले विष्टको कुनै पनि सिद्धान्त पूरा हुन नसकेको बताए ।

उनले थाहाका प्रणेता विष्टलाई नेपालका कुनै पनि राजनीतिक दलले बुझ्न नसक्दा समस्या पैदा भएको जिकिर गरे । बिडारीले ‘दल छाडी पद, पद छाडी दल’, ‘व्यवस्था निर्दलीय, राजनीति बहुदलीय’ लगायतका विष्टका आधारभूत राजनीतिक सिद्धान्तबारे गम्भीर विमर्श हुनुपर्नेमा जोड दिए ।

‘रुपचन्द्रले जनमुखीतन्त्र अपनाउनुपर्ने कुरा बारम्बार दोहो¥याउनुहुन्थ्यो। उहाँले बोलेका कुरा व्यवहारमा उतार्नु पनि हुन्थ्यो’, उनले भने, ‘तर, उहाँको जस्तै व्यवहारमा कुनै पनि राजनीतिक दलका नेतामा देखिएको छैन।‘

विष्टको कि दल छोडौं, कि पद छोडौं भन्ने विचारलाई आफूहरूले मनन गर्नुपर्ने जिकिर गरे। ‘विष्टको भनाइ आज पनि नेपालका लागि अतिपयोगी छ’, बिडारीले भने।

यस्तै माओवादी केन्द्रकी नेता शशी श्रेष्ठले अहिले नेताहरूले बोल्ने एउटा र व्यवहारमा अर्को गर्ने गरेको बताइन्। यो अवस्था देख्दा आफूलाई विष्टको अभाव खड्किरहने उनले जिकिर गरिन्। ‘विष्टले आफ्नो जीवन कालमा कहिल्यै छलछाम गर्नुभएन, जे बोल्नु भयो त्यो व्यवहारमा देखाउनु भयो । जे व्यवहारमा देखाउन सक्नुहुँदैन थियो । उहाँले त्यसलाई बोलेर ढोंग पिट्नु भएन’, नेता श्रेष्ठले भनिन्, ‘उहाँले गरिब र महिलाको भाषण गर्नु हुन्थ्यो। उनीहरूकै जीवन बाँच्नु हुन्थ्यो।‘

अहिलेका नेताले अंगाल्ने विचार सिद्धान्तहरू व्यवहारमा तारतम्य नमिलेको उनले बताइन्। यदि विष्टलाई सम्झिने हो भने उनको सिद्धान्तलाई अगाल्नु पर्ने श्रेष्ठले बताइन्। विष्टलाई दुश्मनले चिन्यो तर, जसले चिन्नुपर्ने हो उसले चिन्न नसकेको श्रेष्ठको दाबी थियो । राजनीतिक इमानदारिताको आवश्यक भएको समयमा विष्टको सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्ने उनको तर्क थियो ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख, प्राध्यापक चिरञ्जीवी खनालले विष्टको जीवनलाई विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्ने तर्क गरे ।

विष्टले युवाहरूलाई सधैं प्राथमिकता दिनुपर्ने बताउने गरेको उनले उल्लेख गरे ।

एकजनाको विचार बोकेर हिँड्ने मन्डले हुन् भन्ने विष्टको बुझाइ रहेको खनालले बताए । खनालले आफू युवाकालमा पत्रकारितामा लाग्दा धेरै पटक विष्टसँग भेट भएको र आफू सदैव उनको कुराबाट उत्प्रेरित हुने गरेको बताए ।

‘विष्टको भाषणमा आउने दर्शनले सबैको मन जित्न सक्थ्यो। असाध्यै सुन्दर पक्ष हो । उहाँको बुझाई र भनाइ एकदमै गम्भीर हुन्थ्यो सधैं । राष्ट्रिय पन्चायतमा विष्टको भाषणले युवालाई मात्र होइन समाजको तल्लो तहका व्यक्तिको अधिकार सदैव अट्थ्यो’, उनले भने ।

यस्तै, नेकपा एमालेका नेता विजय सुवेदीले विष्टको अभाव सदैव खट्किने बताए । धेरै पटक विष्टको भाषण सुन्दा आफू उनको विचार र नीतिको अनुयायी बनेको उनले बताए ।

विष्टले जीवनमा संगठन निर्माण गरेको भए आमूल परिवर्तन हुन सक्ने विचार व्यक्त गरे। सुवेदीले सुशासन र रोजगारी प्रवर्द्धन गर्दै पिछडिएका समुदायको जीवनस्तर उकास्नका निम्ति विष्टका दर्शन, सिद्धान्त र विचारहरूलाई पच्छ्याउनुपर्ने धारणा राखे। परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले समाज बदल्न विष्टले परिवारमा समेत विद्रोह गरेको बताए ।

आफू सम्पन्न घरमा जन्मिएर पनि विष्टले सदैव गरि खाने वर्गको पक्षमा लडेको बताए । विष्टले केही समयमा दामन भ्यु टावरमा बसेर पनि काम पनि गरेको कुरा उनले उल्लेख गरे ।

‘भ्यू टावरमा बसेर नेपालका हिमालका दर्शनबारे विदेशीलाई सुनाउनु हुन्थ्यो । हिमालको ज्ञाता हो उहाँ’, उनले भने, ‘ विष्टले टेलिस्कोपबाट हेरेर खगोलको बारेमा पनि भन्नू हुन्थ्यो । उहाँ खगोलको ज्ञाता पनि हो।’ दामनमा विष्टको नाममा दुरबिन राखेर खगोलका बारेमा पनि अध्ययन गर्नुपर्ने श्रेष्ठले बताए ।

कार्यक्रममा मकवानपुरेलसमाजका अध्यक्ष अरुणकुमार गुरुङले सहभागीलाई स्वागत गर्दै विष्टको योगदान सदा सदास्मरण गरिरहन समाजका तर्फबाट आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु गरिहने प्रतिवद्धता व्यक्त गरे ।

रुदाने, जसरु, रापसरु, स्वरूपेजस्ता उपनामले परिचित विष्ट २०२२ मा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च भएका थिए । त्यसबेला उनले मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए।

विष्टले ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद, छोराछोरी दुवै पढाउने जिन्दावाद’ जस्ता नारासहित अभियान चलाएका थिए ।

उनले छोराछोरीलाई स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था समेत गरेका थिए। विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । उनी २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए ।

प्रजातन्त्रवादी विचार भएकै कारण राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनी पक्राउ परेका थिए ।

१९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिएका विष्टको २०५६ साल असार ७ गते काठमाडौंमा निधन भएको थियो ।

aagaman June 23, 2023 June 23, 2023
Previous Article ओखलढुंगाको चम्पादेवीमा भीषण पहिरोः ७ घर बगायो, ४ जनाको मृत्यु
Next Article गोरखा जिप दुर्घटना : प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213802
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?