By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुदब्रेकिङ न्युज

वेस्ट इन्डिजविरुद्ध नेपालको उत्कृष्ट सुरूवात

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं , ७ असार । आईसीसी एकदिवशीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ । विश्वकप छनोट खेल जिम्बाबेको हरारे स्पोर्टस क्लबमा भइरहेको छ । नेपालले टस जिती पहिले वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको छ ।

वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता हो । नेपालले एकदिवसीय विश्वकप विजेता टोलीसँग इतिहासमै पहिलो पटक प्रतिस्पर्धा गर्दैछ । त्यसैले विश्वकप विजेता रहिसकेको टोलीविरुद्ध बलिङ गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्, ललित राजवंशी ।

नेपालले राजवंशीलाई वेस्ट इन्डिजविरुद्घको खेलमा ओपनर बलरको रुपमा प्रयोग गरेको हो । आफ्नो पहिलो ओभरमा ललितले केवल दुई रन दिए । उनको बलमा वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रेन्डन किंग र काइले मायर्सले एक–एक रन लिए ।

यसैगरी करण केसी भने विश्वकप विजेता रहिसकेको टोलीको विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । ललितपछि दोस्रो ओभर बलिङ गर्न आएका करणले क्यारेबियन टोलीका ओपनर ब्याट्सम्यान काइले मायर्सको विकेट लिए ।

करणले आफ्नो पहिलो ओभरको तेस्रो बलमै मायर्सको विकेट लिएका हुन् । त्यतिबेला वेस्ट इन्डिजले केवल दुई रन बनाएको थियो । मायर्स भने एक रन बनाएर आउट भएका हुन् ।

aagaman June 22, 2023 June 22, 2023
Previous Article नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दा भट्टराई र रेग्मीको संयुक्त इजलासमा
Next Article नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213802
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?