By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

टाइटनिक जहाज हेर्न गएको पनडुब्बी एटालान्टिक महासागरमा बेपता

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, ५ असार । टाइटानिक जहाज हेर्नका लागि गएको पनडुब्बी अचानक बेपत्ता भएको छ ।

सो जहाज बेपत्ता भए पछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेको छ ।

पर्यटकलाई टाइटानिकको भग्नावशेषमा लैजान प्रयोग गरिदै आएको पनडुब्बी एट्लान्टिक महासागरमा हराएको तथा बेपत्ता भएकाको खोजी र उद्धार अभियान सुरु गरेको बोस्टन कोस्टगार्डले बीबीसीलाई बताए।

बेपत्ता पनडुब्बीमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।

टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट ४०० नटिकल माइल टाढा एट्लान्टिक महासागरको मुनि ३,८०० मिटर तल छ। सो पानी जहाज अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किए पछि डुबेको थियो । सो जहाजमा रहेका २२ सय जना मध्ये ६०७ जना मात्र बाँचेका थिए । जुन जहाज १९८५ मा पत्ता लागेको थियो ।

पछिल्ला वर्षहरूमा साना पनडुब्बीहरूवाट टाइटनिक जहाजको देखाउनका लागि पर्यटकहरूवाट पठाउन थालिएको थियो । जसमध्येको कम्पनी ओसनगेट एक्सपिडिसनले प्रति यात्रु २ लाख ५० हजार युरो लिदैँ उनीहरूलाइ टाइटनिक जहाज देखाउँथे । तर, सोमवार देखी सो जहाज बेपता छ ।

सो कम्पनीले एक विज्ञप्तिमार्फत पुष्टि गर्दै भनेको छ, ‘हराइरहेको पनडुब्बीको स्वामित्व हाम्रो कम्पनिसँग छ, सो पनडुब्बीमा मानिसहरु छन्, जसको खोजी भइरहेको छ ।’

‘हामी चालक दललाई सुरक्षित रूपमा फिर्ता ल्याउन सबै विकल्पहरूको खोजी र परिचालन गरिरहेका छौं,’ सो कम्पनिले भनेको छ, ‘हाम्रो सम्पूर्ण फोकस पनडुब्बीमा चालक दलका सदस्यहरू र तिनीहरूका परिवारहरूमा छ।’

सो कम्पनिले अगाडी भनेको छ, ‘हामी चालक दलका सदस्यहरूको सुरक्षित फिर्ताको दिशामा काम गरिरहेका छौं।’

aagaman June 20, 2023 June 20, 2023
Previous Article आज प्रतिनिधि सभाको बैठक, तीन मन्त्रालयको बजेट माथी छलफल हुने
Next Article आज सुनचाँदीको मूल्यमा गिरावट, कतिले हुँदै छ कारोबार ?
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?