By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध हो : प्रधानमन्त्री

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, ४ असार : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध जुध्न मोर्चा स्थापित भएको बताउनुभएको छ । समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले विस्तृत शान्ति सम्झौतालाई नेपालको संविधानको अङ्ग बनाएको तथ्य पेस गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने क्रममा यो मोर्चा स्थापना भएको हो ।” परिवर्तनकारी सबै शक्तिलाई समाजवादी मोर्चामा सहभागी हुन आह्वान गर्दै उहाँले नयाँ शिराबाट अगाडि बढ्न एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो नै वैज्ञानिक मार्ग हो, परिवर्तकारी मार्ग हो ।” मोर्चाको दूरगामी महत्त्व रहेको उल्लेख उहाँले विगतका कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढेको बताउनुभयो । अग्रगामी र परिवर्तनकारी शक्ति सबैलाई मोर्चामा सहभागी हुन प्रधानमन्त्री दाहालले आग्रह गर्नुभयो ।

नेकपा घोषणाको स्मरण गर्दै उहाँले भन्नुभयो, “राष्ट्रियसभा गृहको यही हल र रोष्ट्रमबाट नेकपा बनाउने घोषणा बनाएका थियौँ । निकै ठूलो भरोसा र अपेक्षा गरेका थियौँ । समाजवादको बाटोमा, आर्थिक सामाजिक रुपान्तरणको बाटोमा अगाडि बढाउने विश्वास राखिएको थियो । हामीले कहाँ त्रुटि गर्यौँ, ऐतिहासिक समीक्षा गरौँ ।”

समाजवादमा लैजाने उद्देश्यका साथ विगतको तीतो अनुभवसहित समाजवादी मोर्चा घोषणा गरिएको उहाँले बताउनुभयो । मोर्चामा आबद्ध दलबीच एकता र स्वतन्त्रतालाई सम्बोधन गर्ने द्वन्द्ववादी मान्यतालाई संश्लेषण गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

परिवर्तनकारी सबै शक्तिलाई समेटेर नयाँ शिराबाट अगाडि बढ्ने एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न खोजिएको र यो नै वैज्ञानिक मार्ग भएको उहाँले स्पष्ट पार्नुभयो । “फेरि एकपटक इतिहासबाट फर्केर हेरौँ । हामीले गर्न सकेका राम्रा काम र गर्न नसकेका कामलाई पनि हेरेर नयाँ आधारमा अगाडि बढ्न अपिल गर्दछु । यो नयाँ अभियान हो । सामाजिक न्याय, सुशासन र समृद्धितर्फ लैजाने प्रक्रिया अभियान हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

परिवर्तनकारी नेता र परिवर्तनलाई होच्याउने, अपमानित गर्ने प्रतिगामी प्रवृत्तिले टाउको उठाउन लागेको उल्लेख गर्दै मोर्चा प्रतिगमनकारी शक्तिका विरुद्ध रहेको उहाँको भनाइ छ । अराजकता, निरङ्कुशतातर्फ मुलुकलाई लैजान चाहने शक्ति र प्रवृत्तिका विरुद्ध पनि मोर्चा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

समाजवादी मोर्चा बनाउन लामो छलफल र प्रक्रियाबाट गुज्रेको जानकारी दिँदै उहाँले यसको घोषणासँगै यसको औचित्य पनि स्थापित भइसकेको बताउनुभयो । प्रतिगमन र प्रतिगामी शक्तिका विरुद्ध सडक, सदनबाट साझा प्रतिवाद गरिने उहाँको भनाइ छ ।

नेपाली जनतालाई सुशासन र समृद्धि दिनका लागि वर्तमान सरकार देश र जनताको पक्षमा दृढ भएर उभिएको प्रधानमन्त्रीको भनाइ छ । उहाँले निराशालाई चिर्दै नयाँ उत्साहका साथ अगाडि बढ्ने सङ्कल्पका साथ मोर्चा घोषणा गरिएको र यसलाई देशव्यापी बनाइने बताउनुभयो ।

aagaman June 20, 2023 June 19, 2023
Previous Article अस्तित्व व्यवस्थापन शास्त्री डि पि आत्रेय सम्मानित
Next Article काठमाडौँ महानगरद्वारा ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन
Ad imageAd image

ताजा खबर

यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज
चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था
ब्रेकिङ न्युज
निर्वाचन आचारसंहिता लागु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

214795
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?