सरकारलाई बढी उत्तरदायी र सक्षम बनाउन विभिन्न समयमा संवैधानिक आयोगहरु स्थापना गरिए । अहिले विभिन्न जिम्मेवारीका १३ संवैधानिक आयोग छन् ।
कार्यप्रकृतिको हिसाबले बलियो मानिएको अख्तियार दुरुपयोग अनुसन्धान अयोग पछिल्लो समयमा शिथिल बनेको छ । उसले विशेष अदालतमा चलाएका मुद्दाहरुमा अभियुक्तहरुले धमाधम सफाई पाइरहेका छन् । देखादेख राजनीतिक भागबण्डामा प्रमुख आयुक्तदेखि आयुक्तसम्मको नियुक्तिले नै आयोगको औचित्यमाथि प्रश्न उठाइदिएको छ ।