By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
कला तथा साहित्य

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दी संस्करणमा प्रदर्शन हुने

aagaman
Share
SHARE
Ad imageAd image

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई  पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले जानकारी दिएका छन् ।

‘यसअगाडिको नजिरअनुसार नै प्रक्रिया अपनाउन सुझाव दिएका छौँ’, उनले भने, ‘ ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको निर्देशनलाई नजिर मानेर ‘परस्त्री’लाई पनि त्यही प्रक्रियाबमोजिम अनुमति दिनेछौँ ।’

बोर्डको यस्तो निर्णयपछि चलचित्रका निर्माताले तीन हजार रुपैयाँ दस्तुर तिरेर पुनः स्वराङ्कनका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि मात्र परस्त्रीले (हिन्दी डब) शीर्षकमा चलचित्रले सिफारिस पत्र पाउनेछ ।

नेपाली चलचित्रको सुविधासरह ‘रिलिज’ हुने भएपछि परस्त्री (हिन्दी डब) ले १५ प्रतिशत चलचित्र विकास शुल्क तिर्नुपर्ने छैन । मूल्य अभिवृद्धि कर १३ प्रतिशत र स्थानीय कर पाँच प्रतिशतसहित १८ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । नेपाली चलचित्र नेपालमै हिन्दी भाषामा प्रदर्शन हुने शैली सकारात्मक नभएको बोर्ड अध्यक्ष केसीले बताए । ‘मैले मन्त्रालयको निर्देशनलाई मानेको हुँ । चलचित्रकर्मीका रुपमा म यस कुरासँग सहमत  छैन । किनकि नेपालमै हिन्दी भाषामा चलचित्र प्रदर्शन गरिनु राम्रो होइन’, उनले भने ।

चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले नेपाली निर्माताको लगानी रहेकाले नेपालीसरह सेवासुविधाको माग गरिएको जानकारी दिए । ‘हाम्रै नेपालीको लगानी रहेको चलचित्रलाई विदेशी सरह प्रदर्शन गरिनु न्यायोचित नहुन सक्छ । त्यही सन्दर्भलाई लिएर विकास बोर्डसम्म पुगेका हौँ’, वितरक श्रेष्ठले भने, ‘यसको सकारात्मक पक्षलाई पनि हेर्नुपर्छ । नेपाली निर्मातासँगको सहकार्यमा विदेशी लगानी भित्रिन सक्ने सम्भावना पनि छन् ।’

कलाकार सुरज पाण्डेको निर्देशनमा तयार भएको यस चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन् । निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको चलचित्रलाई काठमाण्डाैमा करण श्रेष्ठ (जीजीए ग्रुप) र मोफसलमा अशोक शर्मा (डीसीएन) ले वितरण गर्नेछन् ।

aagaman June 13, 2023 June 13, 2023
Previous Article तेजाबी सुनको मूल्य तोलाको एक लाख १२ हजार १५०
Next Article नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213804
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?