By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्य

वाग्मती प्रदेशसहित कर्णाली, लुम्बिनी र गण्डकीमा हावाहुरीसहित वर्षाको सम्भावना ; काठमाडौंमा मध्यम वर्षा हुने

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशको केही र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने विभागले जनाएको छ । पहाडी भू–भागहरूका केही  स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र  वाग्मती प्रदेशका तराईका केही स्थानमा हावाहुरीकोसमेत  सम्भावना  रहेको विभागको भनाइ छ ।

काठमाडौंमा आज मध्यम वर्षाको सम्भावना रहेको छ । “काठमाडौंमा मध्याह्नबाट वर्षा सुरु हुनेछ । दिउँसो, बेलुका र राति पनि काठमाडौंमा पानी पर्नेछ,” मौसमविद् सञ्जिव अधिकारीले भने ।

आज राति पहाडी  भू–भागहरूमा  सामान्य  बदली  रही  बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम  सामान्यतया  सफा  रहनेछ । कोसी प्रदेशको  केही  स्थान  र बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  विभागले जनाएको छ ।

न्यूनचापीय प्रणालीको असरका कारण वर्षा भएको मौसमविद् अधिकारीले बताए । उनका अनुसार आज र भोलि वर्षाको सम्भावना रहेको छ । “आज र भोलि मौसममा सुधार आउने छैन,” उनले भने ।

aagaman May 24, 2023 May 24, 2023
Previous Article राष्ट्रपतिको १ घण्टा ४४ मिनेटको सम्बोधनको जवाफमा ओलीले खर्चिए १ घण्टा ५२ मिनेट
Next Article सातामा प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
अर्थ ब्रेकिङ न्युज
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश
खेलकुद ब्रेकिङ न्युज
युएईद्वारा नेपालसामु १४१ रनको लक्ष्य
खेलकुद ब्रेकिङ न्युज
नेपालले फाइनलमा यूएईविरुद्ध टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय
खेलकुद ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : info@seasonkhabar.com

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

071838
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?