
दार्चुलामा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने तीन जनाको जीवितै उद्धार गरिएको छ।
मंगलवार बिहान ३ बजेतिर घरमाथिबाट खसेको पहिरोमा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका दार्चुला प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए।
उनका अनुसार पहिरोमा परेर लेकम गाउँपालिका–५ घर भएका २७ वर्षीय मिलन दमाई र २२ वर्षीय अर्जुन दमाईको मृत्यु भएको हो। मृतक दुवै जना दाजुभाइ हुन्।
्लेकम गाउँपालिका–५ घर भएका उनीहरु काम विशेषले पस्तीस्थित आफ्नो दिदिको घर पुगेका थिए।रमाथि खसेको पहिरोले दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्’, प्रहरी निरीक्षक जोशीले नेपालखबरसँग भने, ‘आज बिहान ३ बजेतिर पहिरो झरेको हो। दुई जना बेपत्ता थिए, उनीहरुको घरभित्रैबाटै शव निकालिएको छ।’
पहिरोले ३५ वर्षीया लक्ष्मी ढोली, उनका ९ वर्षीय छोरा शुभम ढोली र १४ वर्षीया छोरी सोनिया ढोली घाइते भएका छन्। घाइतेहरुको अहिले शंकरपुर स्वास्थ्य चौकी पस्तीमा उपचार भइरहेको छ। उनीहरुमध्ये गम्भीर घाइते लक्ष्मी र सोनियालाई थप उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको छ।
