नेपालकी नीतु कोइराला ‘मिसेज इन्डिया-२०२०’ मा निर्णायक

0
116

नेपाली अभिनेत्री नीतु कोइराला भारतमा सञ्चालन भइरहेको ‘मिसेज इन्डिया–२०२०’ को निर्णायक भएकी छन्।

मोडल, डान्सर तथा सौन्दर्य व्यवसायीसमेत रहेकी कोइरालाले पिस अफ इन्डियाले आयोजना गरेको प्रतियोगितामा निर्णायक मण्डलमा रहने अन्तर्राष्ट्रिय अवसर प्राप्त गरेकी हुन्।

कोरोना महामारीका कारण अनलाइनबाट सञ्चालित प्रतियोगितामा उनी जुरीका रूपमा निर्णायक मण्डलमा सहभागी भएकी हुन्। कोइराला आयोजक संस्थामा नेपालका तर्फबाट ब्रान्ड एम्बेसडरका रूपमा कार्यरत छिन्।

अभिनेत्री कोइरालाले पिन्क रोजेज इन्टरटेनमेन्टद्वारा सञ्चालित मिस्टर, मिस एन्ड मिसेज इन्डियामा पनि गेस्ट अफ अनरको भूमिका निर्वाह गरिसकेकी छन्।

यस्तै हालै भारतका विभिन्न संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘कोरोना वारिअर्स अवार्ड’बाट पनि कोइरालाले सम्मान पाएकी थिइन्।

LEAVE A REPLY