नेपालमा आज बिहीबार ४ सय ३४ जनामा कोरोना सङ्क्रमण देखिए

0
86

नेपालमा आज बिहीबार ४ सय ३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ३४ जनामा सङ्क्रमण देखिएको जानकारी दिए ।

योसँगै सङ्क्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको छ । डा. गौतमले रसुवाबाहेक ७६ जिल्लामा सङ्क्रमण देखिएको बताए ।

त्यस्तै आज ३ सय १२ व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ६ सय ५० पुगेको छ ।

LEAVE A REPLY