बिना पास काठमाडौं प्रवेस गर्न लागेका बस प्रहरी नियन्त्रणमा

0
279

सिजनखबर, काठमाडौं । सरकारले जारी गरेको पास नलिएरै काठमाडौं उपत्यका प्रवेश गर्न लागेका सार्वजनिक सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको नयाँ मोडालिटीको नियम पालना नगरी प्रवेश गर्न खोजेपछि नेपालगञ्ज र झापाबाट आएका तीनवटा बस र एउटा हाइससहित चालकलाई नागढुंगा नाकाबाट नियन्त्रणमा लिईएको छ |

नेपालगञ्जबाट आएको बा ४ ख ७३६३, ना यू ख ५३९५ नम्बरको बस र बा ४ ख ४५८० नम्बरको हाइस र झापाबाट आएको ना ५ ख ५८३४ नम्बरको बस र चालकलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

लकडाउनको मौकाको फाइदा उठाएर सार्वजनिक बसहरूमा विना पास बढी भाडा लिई काठमाडौँ उपत्यका भित्रिदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा बस र चालकलाई नियन्त्रणमा लिइएको बताईएको छ |

LEAVE A REPLY