१४८ नेपाली लिएर युएईबाट काठमाडौं उड्यो नेपाली ध्वजावाहक विमान

0
117

युएईमा कोभिड–१९ का कारण समस्यामा परेकाहरु नेपाली हरुलाई नेपाली ध्वजावाहक विमान मार्फत पहिलो चरणमा स्वदेश फर्किएका हुन् । उनीहरुको विदाईका लागि आफन्त, दूतावासका कर्मचारी र सामाजिक संस्थाका प्रतिनिधिहरु विमानस्थलसम्म पुगेका थिए ।

विमानस्थलमा उनीहरुको कोरोना परीक्षण र अन्य सहयोगका लागि एनआरएनए युएईका प्रतिनिधिहरुले सहजीकरण गरेका थिए ।

यस्तै दूतावासका तर्फबाट उपनियोग प्रमुख तथा प्रवक्ता रिता धिताल, द्वितीय सचिव तथा सूचना अधिकारी भुवन ओझा, जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलमले विमानस्थलमै पुगेर विदाई गरेका थिए । यस्तै एनआरएन युएईका अध्यक्ष प्रकाश कोइराला, उपाध्यक्ष पासाङ शेर्पा र नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल पनि नेपालीहरुलाई विदाई गर्न विमानस्थल पुगेका थिए ।

युएईबाट नेपाल एयरलाइन्सले २, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेवियाले ३–३ वटा उडान गर्ने दूतावासले जनाएको छ । उक्त उडान तालिकाबारे क्रमशः जानकारी दिने दूतावासले जनाएको छ ।

नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार युएईको समयअनुसार बिहान ११ बजे हुने नेपाल एयरलाइन्सको युएईका लागि आधिकारिक टिकट बिक्रेता एजेन्सी प्रतिनिधि साजी पोलले जानकारी दिए ।

स्वदेश फर्कनहरुको सूची दूतावासले सम्बन्धित एयरलाइन्समा जानकारी गराउनेछ । सोही आधारमा एयरलाइन्सले सम्बन्धित व्यक्तिहरुलाई उडान हुने मिति र टिकट काट्ने स्थानका बारेमा जानकारी गराउने पोलले बताए ।

LEAVE A REPLY