
बुधवार,२८ जेठ, काठमाडौं । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका , लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने निर्णय भएको जानकारी दिएका छन |
मन्त्रिपरिषद्को राति १० बजे सकिएको बैठकले जनजीवन सहज पार्नका लागि काठमाडौं उपत्यकासहित जोखिम कम भएका जिल्ला हरुमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना रहेको छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे बिहीवार मात्रा सरकारले विस्तृत जानकारी दिने उनले सुनाए ।
नेपालमा कोरोना भाइरस (कोभिड १९) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत १० बाट अन्तराष्ट्रिय सीमा नाकामा आवागमन रोकेको थियो भने ११ गतेबाट लकडाउन गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप गरिएको छ र पछिल्लो पटक थपिएको समय जेठ ३२ सम्म कायम छ ।
पछिल्लो पटक लकडाउन थप गर्दा मोडालिटी परिवर्तन गरेर केही खुकुलो बनाउने भनिएको थियो । तर सरकारले निर्णय गर्न ढिलो गर्दा व्यवसायीहरुले स्वस्फुर्त रूपमा पसल समेत खुल्न थालेका छन् भने मानिसहरूको आवागमन पनि बढेको छ ।
पछिल्लो पटक लकडाउन खुकुलो बनाउन सीसीएमसीले ६ चरणको लुजडाउन प्रस्ताव पनि बनाएको थियो । उच्चस्तरीय समन्वय समितिको छुट्टै प्रस्ताव थियो । दुबै प्रस्तावलाइ मर्ज गरेर बनेको प्रस्तावमा बुधबार छलफल भएको थियो ।
तर एक मन्त्रीले भने, ‘अहिले धेरै कुरा भन्न गाह्रो छ, कुन क्षेत्र कसरी खुला गर्ने भनेर हामी भोलि विस्तृतमा सार्वजनिक गर्छौं ।’
