
भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो।
उनी सदा संसारमा व्याप्त दुस्खको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे ।
जसकारण निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाईए । त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउँ पुगी दुस्ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे ।
भगवान बुद्धका प्रेरक भनाइहरु
- हामीले जे सोच्छौँ, हामी त्यहि बन्छौँ ।
- शान्ती बहिर खोजेर भेटिंदैन, त्यो आफूभित्र खोज्नुपर्छ ।
- तिम्रो माया र स्याहारको जरुरत, सबै भन्दा बढी तिमीलाई नै छ ।
- हामीलाई अरु कसैले बचाउन सक्दैन । हामीलाई बचाउने भनेको हामी आफू स्वयंमले हो ।
- तीन कुरा लामो समयसम्म लुक्न सक्दैनन् सूर्य, चन्द्रमा र सत्य ।
- जब तिमीले आफुसँग प्रशस्त समय छ भन्ने सोच्छौ, तब समस्याहरु निम्तिन्छन् ।
- सबैभन्दा बढी तिम्रा आफ्नै लापरवाह विचारहरुले तिमीलाई असर गर्छ ।
- तिमी अरुमाथि निर्भर नबन । आफ्नो बाटो आफ्नो विचार अनुसार हिंड ।
- जिब्रो भनेको धारिलो चक्कु जस्तै हो । यसले रगत ननिकाली घाउ बनाउँछ ।
- मैले के गरिसकें त्यो हेर्दिन । मैले के गर्न बाँकी छ त्यो हेर्छु ।
- तिमीले म तिर काँडा फ्याक । जब ती काँडा मेरो मौनतासँग ठोक्किन्छन्, तब ती फूल बन्छन् ।
- भगवानलाई पूजा गर्नुभन्दा सत्यलाई आत्मासात गर्नु महत्वपूर्ण हुन्छ ।
- यदि तिमीले आफूलाई साँच्चै नै माया गछौँ भने, अरुको मन दुखाउन पनि सक्दैनौँ ।
- थोपा, थोपा संकलन भएर भाँडो भरिन्छ ।
- सबैकुरा हाम्रो विचारबाट सिर्जना हुने हो । विचारले गर्दा नै हामीले संसार बनाउन सक्छौँ ।
- प्रत्येक बिहान हामी पुन : जन्मिन्छौँ । आज हामीले के गर्यौ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
- बुझाईबाट साँचो माया जन्मिन्छ ।
- स्वास्थ्य सबैैभन्दा ठूलो उपहार हो, सन्तुष्टी सबैभन्दा ठूलो धन हो र इमान्दारिता सबैभन्दा ठूलो सम्बन्ध हो ।
- हिंड्दा, बस्दा, तिमी जहाँ छौँ, त्यही ध्यान देउ । होइन भने, तिमीले जिवनका महत्वपूर्ण क्षण गुमाउँछौँ ।
