
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले मन्त्री पठानसिंह बोहरा बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पुष्टि गरेका छन्
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बोहरा केपी शर्मा ओली निकट हुन् ।
बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड-माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
