
नेपाल ओलम्पिक कमिटी (एनओसी)अन्तर्गत वुमन्स कमिसन (महिला आयोग) गठन भएको छ।
एनओसीले बुधबार ज्योति राणाको अध्यक्षतमा ११ सदस्यीय कमिटी गठन गरेको हो।
कमिसनको अन्य सदस्यमा बिमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिला सिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, पेमा लामा डोल्मा र गीता श्रेष्ठ छन्।
