कोरोना संक्रमण देखिएपछि सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको निधन

0
58

सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको निधन भएको छ।

कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति ११ बजे निधन भएको लामाकी पत्नी इन्द्रमाया तामाङले जानकारी दिइन्।

‘१४ दिनअघि कोरोना संक्रमण भएपछि टिचिङ अस्पतालमा भर्ना गरेर उपचार सुरु गरेका थियौँ,’ तामाङले बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘आइसियूमा राखेर उपचार गर्दा पनि सुधार भएन। राति ११ बजे निधन भयो।’

लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए।

लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो। उनको पार्थिव शरीर बिहीबार बिहान नेपाली सेनाले व्यवस्थापन गर्ने पारिवारिक स्रोतले जनाएको छ।

पारिवारिक रुपमा समेत समस्या झेल्दै आएका लामाले आफ्नो फेसबुक पेजमा अन्तिम स्टाटस गत डिसेम्वर ३ मा पोष्ट गरेका छन् । उनको लामो स्टाटसमा श्रीमतिसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको उनले जनाएका छन् ।

उनले आफु अन्यायमा परेको कुरामा कतैबाट न्याय नपाएपछि फेससबुक स्टाटस लेखेको पनि जानकारी गराएका छन् । ‘अनेक प्रयास र कुनै माध्यमले काम नगरेपछि बडो शरमका साथ यो मिडिया अपनाएँ माफ गर प्रिय !!! यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!,’ फेसबुक स्टाटसको अन्तिममा लेखेका छन् ।

LEAVE A REPLY