गर्भवती अनुष्कालाई व्यायाम गर्न सघाउँदै कोहली

0
34
सन् २०१७ अर्थात् आजभन्दा ३ वर्ष अगाडि बलिउड अभिनेत्री अनुष्का शर्मा र चर्चित क्रिकेटर विराट कोहलीले विवाह गरेका थिए।

हाल कोरोना प्रकोपबीच अनुष्का गर्भवती भएकी छिन्। विराट र अनुष्का दुवैले आफूहरु आगामी जनवरीमा आमाबुबा बन्ने विषय सार्वजनिक गरिसकेका छन्।

गर्भवती हुँदा महिलाले शारीरिक व्यायाम गर्नुपर्छ। यसरी आमा र बच्चा दुवै स्वस्थ हुने चिकित्सकहरु बताउँछन्।

हालै अनुष्काले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गरेकी छिन्। जहाँ उनलाई उनका श्रीमान विराट कोहलीले व्यायाम गर्न सघाइरहेको देख्न सकिन्छ।

 

इन्स्टा क्याप्सनमा अनुष्काले आफूले अनलाईन आफ्ना योगा गुरुबाट व्यायाम गर्न सिकिरहेको र श्रीमानले अभ्यासमा सहयोग पुर्याएको उल्लेख गरेकी छिन्।

डाक्टरले जस्तो शारीरिक व्यायाम गर्दा पनि शरीरमा असर नगर्ने बताएपछि उनले आफूले अप्ठेरो योग व्यायाम गरेको उनले बताएकी छिन्। तस्बिरमा उनले श्रीसासन गरेको देखिन्छ।

LEAVE A REPLY