पुनर्निर्माणका असिस्टेन्ट सव-इन्जिनियर पाँच हजार घुससहति पक्राउ

0
30

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकाका असिस्टेन्ट सव-इन्जिनियर भगवती राउत पाँच हजार घुस रकमसहित पक्राउ परेकी छन्।

असिस्टेन्ट सव–इन्जिनियर राउतले भूकम्प पुनःनिर्माण लाभग्राहीको घर निर्माणमा रकम निकासा गरिदिएबापत विभिन्‍न बहाना बनाई घुस/रिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा भीरकोट नगरपालिका–१, बयरघारीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ जनाएको छ।

LEAVE A REPLY