‘महानायक ‘को ‘दशैँ’ बोलको गीत रेकर्डिङ्ग सम्पन्न

0
141

सिजनखबर : असोज २०,काठमाडौ। राष्ट्रभक्ति ,स्वाभिमानी कथामा बन्न लागेको नेपालि चलचित्र ‘महानायक ‘को ‘दशैँ’ बोलको गीत रेकर्डिङ्ग सम्पन्न भएको छ।
नेपालि चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको निर्देशक भिम लामाको निर्देशनमा बन्ने यो चलचित्रमा महानायक राजेश हमाल कै सेरोफेरोमा रहेर कथा लेखिएको छ।

यो चलचित्र मार्फत राजेश हमाललाइ ‘महानायक’ कै रुपमा दर्शकले हेर्ने इच्छा पुरा हुने निर्देशक लामाले संचारकर्मीलाइ बताए।
प्राय एउटा न एउटा नया कलाकार,या गायक संगीतकारलाई सुनौलो अवसर दिइरहने लामाले यस पटक पुर्वाञ्चल बेलबारी आइडिएल ‘विवेश मोते’लाइ ‘महानायक’ चलचित्रको विशेष गीत ‘दशैँ’ गाउने अवसर प्रदान गरेका छन्। विवेश मोतेलाई गायिका रचना रिमालले साथ् दिएकि छिन्।
बानेस्वरको द पिक स्टुडियोमा रेकर्डिङ्ग भएको यस गीतको रचनाकार कवियत्री/साहित्यकार तथा बेलबारी नगरपालिका उपप्रमुख तारा पराजुली हुन् भने संगीतकार भिम बस्नेत रहेका छन्। जुन गीतको संगीत संयोजन दिनेश राज बाहकले गरेका छन्।

लामो समयदेखिको कोरोनाको माहामारिमा पनि कोहि हतोत्साही नभई ,खुशी बाड्दै हिन्दुहरुको चाड दशैँ होस् भन्दै निर्देशक भिम लामाले यो ‘दशैँ’गीत कभर गीतको रुपमा मात्रै भएपनि चाडै सार्वजनिक गर्ने उद्देश्यले आजै गायक /गायिका राखेर रेकर्डिङ्ग स्टुडियोमा नै छायांकन समेत गरिसकेको छ।

LEAVE A REPLY