देशभर २ हजार १२० जनामा कोरोना

0
84

सिजनखबर: असोज १७ , काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर २ हजार १२० जनामा कोरोना पुष्टि भएको छ। शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यससँगै देशभर संक्रमितको कु्ल संख्या ८४,५७० पुगेको छ ।

यस्तै आज काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको छ ।

अब देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ रहेका छन् ।
यस्तै होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

LEAVE A REPLY