देशभर १५५९ जना कोरोना संक्रमित

0
67

 सिजनखबर : असोज १४, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५५९ जना कोरोना संक्रमित थपिएका छन् ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार आज देशभर सक्रिय संक्रमित १० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ । यस्तै आज १२ हजार २०५ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैबीच देशभर पछिल्लो २४ घण्टामा १ हजार ५७ संक्रमित कोरोना जितेर घर फर्किएका छन् भने निको हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ।

यसैगरी काठमाण्डौ उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । जसमा काठमाडौं ६९७,ललितपुर ११२ र भक्तपुर ९३ जनामा कोरोना पुष्टि भएको छ।

LEAVE A REPLY