देशभर १५१३ जना कोरोना संक्रमित थपिए

0
71

सिजनखबर : असोज १३, काठमाडौं । बितेको २४ घण्टामा देशभर १५१३ जना कोरोना संक्रमित थपिएका छन् ।मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिए अनुसार यो संगै सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको छ ।

देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेकाछन् ।

पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९३४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठ्माण्डौ ७४७ ,ललितपुर ११४ र भक्तपुर ७३ जनामा कोरोना पुष्टि भएको छ।

LEAVE A REPLY