साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना पुरस्कार नलिने

0
38

साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना पुरस्कार नलिने बताएका छन्।

आज एक विज्ञप्तिमार्फत आफूलाई पुरस्कार दिने घोषणा गरेको खेम हरिकला समाज कल्याण परिषदप्रति आभार व्यक्त गर्दै पुरस्कार नलिने बताएका हुन्।

उनले जारी गरेको विज्ञप्तिमा आफूलाई पुरस्कृत गर्न लागेको समाचार आएपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठाएर चरित्र हत्या गर्ने प्रयास भएको समेत जनाएका छन्।

खेम हरिकला समाज कल्याण परिषदले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्छु’, प्रश्रितले भनेका छन्, ‘यो समाचार प्रकाशित भएपछि अप्रमाणित विषया सुनियोजित रुपमा उठान गरी मेरो चरित्रहत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु।’

LEAVE A REPLY