‘गान्धी शान्ति नोवेल पुरस्कार-२०२० ‘अवार्ड कार्यक्रम लण्डनमा हुने

0
171

सिजनखबर : असोज ९, काठ्माण्डौ । आफ्नो स्थापनाकालदेखि नै समाजसेवामा समर्पित गान्धी शान्ति प्रतिष्ठानले यस पटक महात्मा गान्धीको १५० औं शुभ जन्म जयन्तिको अवसरमा अन्तराष्ट्रिय ‘गान्धी शान्ति नोवेल पुरस्कार-२०२० ‘अवार्ड कार्यक्रम आयोजना गर्न लागेको छ ।

यस कार्यक्रम मार्फत विश्व विख्यात समाजसेवी तथा वुद्दिजिविहरुलाई ऐतिहासिक रुपमा सम्मान गरिने छ।

गान्धी शान्ति प्रतिष्ठान नेपाल र कासी टेलिभिजन लन्डनको संयुक्त आयोजनामा आयोजना हुने उक्त ऐतिहासिक अवार्ड कार्यक्रममा २२ राष्ट्रबाट सम्मानित व्यक्तिहरु मनोनित हुनेछन् । जसमध्य ५० जनालाई यो अवार्ड प्रदान गरिनेछ।

प्रतिष्ठानका अध्यक्ष लाल बहादुर रानाले एक विज्ञप्ति जारि गर्दै यस अवार्ड कार्यक्रम बारे जानकारी गराएका हुन्।

विज्ञप्ति अनुसार सांसदभवन लण्डनमा सन् २०२१ जुन ११देखि १३ सम्म आयोजना हुने सो अवार्ड कार्यक्रममा जनही दुइलाखको दरले गोल्डेन तथा सिल्भर पदक प्रदान गरिनेछ।
विगतका वर्षहरुमा पनि राष्ट्रिय समाजसेवी तथा वुद्दिजिविहरुलाई यस प्रतिष्ठानले सम्मान गर्दै आइरहेको थियो।

LEAVE A REPLY