स्याङ्जामा ७ जनाको मृत्यु

0
44

Seasonkhabar : लगातारको अबिरल बर्षासँगै आएको पहिरोमा परी स्याङ्जामा ७ जनाको मृत्यु भएको छ। स्याङ्जाको वालिङ नगरपालिकामा ६ तथा कालीगण्डकी गाउँपालिकामा १ जनाको पहिरोमा परी निधन भएको हो। वालिङ नगरपालिका वडा नं १४ स्थित एक घर पहिरोले पुरिदा घरमा रहेका १० जनामध्ये ६ जनाको शव निकालि सकिएको नगर उपप्रमुख कल्पना तिवारीले बताइन। Century masala 3 ‘तीन जना अझै हराइरहेका छन। उनीहरुको खोजी कार्य जारी छ,’ तिवारीले नेपालखबरसँग भनिन। एक जनाको भने जीवितै उद्धार गरिएको छ। मृतकको शनाखत नसकेको र विस्तृतमा विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन। Bidh Lab यस्तै गएराति घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए। वडा अध्यक्ष पाण्डेका अनुसार गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो। स्थानीयवासी र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका कृष्ण नेपालीको शव निकालिएको वडा अध्यक्ष पाण्डेले बताए।

LEAVE A REPLY