रोयल हाइड्रो कन्ट्रक्सनद्वारा वडा कार्यालयलाई ५५ सय थान मास्क सहयोग

0
141

सिजनखबर: भदौ २४, काठमाडौं । रोयल हाइड्रो कन्ट्रक्सनका एम डी सुरेन्द्र शाही विवेक र युवा व्यवसायी गणेश महराले घोडाघोडी नगपालिका वडा १ को कार्यालयलाई ५५ सय थान मास्क सहयोग गरेका छन् ।

आज एक कार्यक्रम गरी वडा न १ का वडा अध्यक्ष मनराज शाहीको हातबाट ५५ सय थान मास्क आफ्नो वडाका अगुवाहरुलाई बोलाई सो मास्क वितरण गरिएको थियो ।
यसले कोरोनाको माहामारिमा अलिकति भएपनि सहयोग मिल्ने ,सवैलाइ जनचेतना मिल्ने ,साथै अन्य युवाहरुलाई सहयोगको लागि प्रोत्सान र ऊर्जा मिलोस् भन्ने अपेक्षा रहेको सहयोगी सुरेन्द्र शाहीले बताए ।

सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज हरिशरण भट्ट, स्वास्थ्य शाखा प्रमुख नेकपा घोडाघोडी वडा अध्यक्ष हरि लाल सापकोटा लगाएतको उपस्थिति थियो।

LEAVE A REPLY