फुड बैंकलाई मकवानपुर जिल्ला साईकल संघको खाद्यान्न सहयोग

0
83

सिजन खबर : भाद्र २२ ,मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा संचालनमा आएको फुड बैंकलाई मकवानपुर जिल्ला साईकल संघले खाद्यान्न सामग्री सहयोग गरेको छ ।

मदन भण्डारी फाउण्डेशन मकवानपुरले सञ्चालन गरेको फुड बैंकलाई आज संघले चौध हजार पांच सय बराबरको चामल, दाल, नुन र तेल खाद्यन्न सहयोग गरेको हो ।

कोरोना महामारीमा दैनिक गुजरा टार्न समेत समस्या भएकाहरुको लागि भनेर सञ्चालनमा आएको फुडबैंकलाई जिल्ला संघको पदाधिकारी तथा सदस्यहरुले व्यक्तिगत रकम संकलन गरी सहयोग गरेको अध्यक्ष संगित श्रेष्ठले बताए ।

मकवानपुर जिल्ला साईकल संघका कार्यसमितिको उपस्थितिमा फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलाललाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा साईकल संघ र प्रतिष्ठानको अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो।
“हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं” भन्ने अभियान सहित सुरु भएको फुडबैंक हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को कपुर कमप्लेक्स परिसरमा रहेको छ ।

LEAVE A REPLY