आज मिति २०७७-०५-१३ गतेका दिन हेटौंडा जेसिस राष्ट्रव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिता 2020 आज दिउँसो 2 बजे सुरु भई साझ साढे 4 बजे सम्पन्न

0
144
हेटौंडा जेसिस राष्ट्रव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिता 2020 आज दिउँसो 2 बजे सुरु भई साझ साढे 4 बजे सम्पन्न भएको छ।देशभरबाट 140 प्रतिभावान खेलाडीहरूले सहभागी जनाएको उक्त प्रतियोगिता एघार खेलमा 9 जित, 1 बराबरी र 1 हार खेलि उच्च वरियताका सिएम विवेक थिङले उपाधि हात पारेका छन् भने युवा खेलाडी सुश्रुत दाहाल दोस्रो र fm मनिष हमाल तेस्रो हुन सफल भएको छ। राष्ट्रका सबै शीर्ष खेलाडीहरुले खेलेको उक्त खेलमा 24 विधामा पुरस्कार प्रदान गरेका छन्। हेटौडा जेसिसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन बुद्धिचाल प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल सङ्घको व्यवस्थापनमा आयोजना भएको थियो। कार्यक्रमको उद्घाटन नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा नेपाल बुद्धिचाल सङ्घका सचिव धरम बहादुर लामा, हेटौंडा जेसिसका अध्यक्ष जेसी राजदेव बानियाँ र सभाध्यक्ष कार्यक्रम संयोजक जेसि बिकेश लाल श्रेष्ठले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालनको भूमिका महासचिव जेसि विश्व पौडेलले निभाउनु भएको थियो। कार्यक्रममा बुद्धिचाल संघका तर्फबाट महासचिव हेराकाजी महर्जन सदस्य द्वय भूपेन्द्र निरौला बिनोद बिश्वकर्मा बागमती प्रदेश बुद्धिचाल संघका कोषाध्यक्ष नरेन्द्र भण्डारी लगायत हेटौडा जेसिसका पुर्व अध्यक्ष अरुण कुमार दाहाल तथा जेसि साथीहरूको उपस्थितिमा जुम भिडियो को माध्यमबाट कार्यक्रम सम्पन्न गरियो।

 

LEAVE A REPLY