नाल्दुम नगरकोट जेसिजको सर्वोत्तम कार्य ‘रक्तदान ‘

0
233
साउन ३२, काभ्रे ।
अहिले विश्वभर कोभिड १९ कोरोना भाइरसको माहामारी फैलिरहेको छ। हाम्रो देश नेपालमा पनि लकडाउन सकिएको थियो ,तर, फेरी उच्च जोखिम फैलिएर सतर्कता स्वरुप हामि सटडाउनको घडिमा छौ । यस समयमा मानव जीवन वचाउने अति अमुल्य ‘रगत ‘ चारैतिर अभाव भैरहेको हुन्छ र अभाव छ पनि। यस्तो माहामारीको बेला प्राय सवैले आफ्नो लागि मात्र सोच्ने ,आफु मात्रै बाच्न प्रयास गर्नेहरु हुन्छन। यस्तो संकटको समयमा विचारसिल मन भेटिन साच्चै गाह्रो गाह्रो हुन्छ। तर, यस्तो कठिन अनि जोखिम घडिमा पनि विचारसिल बन्दै नाल्दुम नगरकोट जेसिजले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ‘मानवताको सेवा ,जीवनको सर्वोत्तम कार्य हो ‘ भन्ने मुल नाराका साथ् आयोजना गरिएको सो रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको थियो ।
खुशी अनि विचारसिल मनले महिला, पुरुष, प्रौढ लगायतका उमेर समूहका नागरिकले रगतदान गरेको नल्दुम नगरकोट जेसिजका अध्यक्ष सजना कर्माचार्यले वताए । विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउदै उनले ‘ हामिले आफ्नो लागि मात्रै सोच्नु हुदैन ,अरुलाई परेको अभाव हामीलाई कतिखेर पर्छ ?थाहा हुदैन ,त्यसकारण सधै सवैको लागि सोच्नुपर्छ ,अरुको समस्या मेरो पनि हो ,भन्ने विचार र सोचको चेतनाको विकास गर्न पनि हामीले यो कार्यक्रम आयोजना गर्दै आइरहेका छौ ‘भने। यसैगरी रगत दान गर्नेहरुलाई जेसिज राष्ट्रिय उपाध्यक्ष मञ्जु शाह ठकुरीले प्रमाणपत्र वितरण गर्दै ‘ रगतको अभावको कारण मानिस मृत्यु शैयामा पुगेको हुन्छ, त्यस्ताको जीवन बचाउन रक्तदान जस्तो पवित्र कार्यमा सहभागी जनाइदिएकोमा धन्यवाद दिन्छु ‘ भने ।
उक्त रक्तदान कार्यक्रममा नाल्दुम नगरकोट जेसिजका वर्ष २०१९ का अध्यक्ष अमित कुमार कर्माचार्य, सिनेटर सोहन रंजित, प्रमिस जोसी, आशा देवान श्रेष्ठ, अर्विन माकाजु, एलिसा माकाजु, ज्ञान बहादुर तामाङ, सर्मिला श्रेष्ठ, सुजन भण्डारी, मिलन कर्माचार्य लगायतको उअप्स्थिति रहेको थियो । यस संस्थाले विभिन्न समयमा यस्ता सामाजिक कार्यक्रम अभियान चलाउदै आइरहेका छन्।

LEAVE A REPLY