
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका छन्।
अहिले पहिरो गएको स्थलमा रहेका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले स्थानीय मानबहादुर दोङको परिवारको ६ जनासहित ३८ जना बेपत्ता भएको जानकारी दिए। उनले ८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि पठाइएको जानकारी दिए।
‘अहिलेसम्म एकै परिवारका ६ जनासहित ३८ जान बेपत्ता भएको जानकारी आएको छ’, नेपालखबरसँग कुरा गर्दै न्यौपानेले भने, ‘८ घाइतेको उद्धार गरी उपचारका लागि पठाएका छौँ।’
उनले पहिरोबाट ३७ घर पूर्णरुपमा ध्वस्त भएको जानकारी दिए।
