15 C
Kathmandu
Sunday, April 18, 2021

भगवान बुद्धका प्रेरक भनाइहरु

0

भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो।

उनी सदा संसारमा व्याप्त दुस्खको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे ।

जसकारण निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाईए । त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउँ पुगी दुस्ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे ।

भगवान बुद्धका प्रेरक भनाइहरु

  • हामीले जे सोच्छौँ, हामी त्यहि बन्छौँ ।
  • शान्ती बहिर खोजेर भेटिंदैन, त्यो आफूभित्र खोज्नुपर्छ ।
  • तिम्रो माया र स्याहारको जरुरत, सबै भन्दा बढी तिमीलाई नै छ ।
  • हामीलाई अरु कसैले बचाउन सक्दैन । हामीलाई बचाउने भनेको हामी आफू स्वयंमले हो ।
  • तीन कुरा लामो समयसम्म लुक्न सक्दैनन् सूर्य, चन्द्रमा र सत्य ।
  • जब तिमीले आफुसँग प्रशस्त समय छ भन्ने सोच्छौ, तब समस्याहरु निम्तिन्छन् ।
  • सबैभन्दा बढी तिम्रा आफ्नै लापरवाह विचारहरुले तिमीलाई असर गर्छ ।
  • तिमी अरुमाथि निर्भर नबन । आफ्नो बाटो आफ्नो विचार अनुसार हिंड ।
  • जिब्रो भनेको धारिलो चक्कु जस्तै हो । यसले रगत ननिकाली घाउ बनाउँछ ।
  • मैले के गरिसकें त्यो हेर्दिन । मैले के गर्न बाँकी छ त्यो हेर्छु ।
  • तिमीले म तिर काँडा फ्याक । जब ती काँडा मेरो मौनतासँग ठोक्किन्छन्, तब ती फूल बन्छन् ।
  • भगवानलाई पूजा गर्नुभन्दा सत्यलाई आत्मासात गर्नु महत्वपूर्ण हुन्छ ।
  • यदि तिमीले आफूलाई साँच्चै नै माया गछौँ भने, अरुको मन दुखाउन पनि सक्दैनौँ ।
  • थोपा, थोपा संकलन भएर भाँडो भरिन्छ ।
  • सबैकुरा हाम्रो विचारबाट सिर्जना हुने हो । विचारले गर्दा नै हामीले संसार बनाउन सक्छौँ ।
  • प्रत्येक बिहान हामी पुन : जन्मिन्छौँ । आज हामीले के गर्यौ भन्ने  कुरा महत्वपूर्ण हुन्छ ।
  • बुझाईबाट साँचो माया जन्मिन्छ ।
  • स्वास्थ्य सबैैभन्दा ठूलो उपहार हो, सन्तुष्टी सबैभन्दा ठूलो धन हो र इमान्दारिता सबैभन्दा ठूलो सम्बन्ध हो ।
  • हिंड्दा, बस्दा, तिमी जहाँ छौँ, त्यही ध्यान देउ । होइन भने, तिमीले जिवनका महत्वपूर्ण क्षण गुमाउँछौँ ।

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले मन्त्री पठानसिंह बोहरा बर्खास्त

0

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले मन्त्री पठानसिंह बोहरा बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पुष्टि गरेका छन्

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बोहरा केपी शर्मा ओली निकट हुन् ।

बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड-माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

कोरियाको बुसन, सहरमा ३२ औं बुसन मेयर कप

0

यहि मिती २०७७/०९/५ र ६ गतेका दिन कोरियाको बुसन, सहरमा ३२ औं बुसन मेयर कप अनलाईन फाइट र काता प्रतियोगितामा नेपालको तर्फ बाट नेपाल सोतोकान कराते डो (एस,के,डु,यू,एन) सङ्घका खेलाडी भाइबहिनीहरुले एकल सिनियर काता प्रतियोगितामा प्रतिस्पर्धा गर्दा पुरुष र महिला तर्फ बाट राम नारायण श्रेश्ठ ले काँस्य, रोइता सिंहले रजत र उषा शर्माले काँस्य पदक हासिल गर्न सफल भएकोमा सङ्घका तर्फ बाट धेरै धेरै धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा पनि सफलताको कामना गर्दछौ।

एकपछि अर्को विशेष परिस्थितिका कारण यो वर्ष पूरक बजेट आउने सम्भावना बलियो बन्दै

0

एकपछि अर्को विशेष परिस्थितिका कारण यो वर्ष पूरक बजेट आउने सम्भावना बलियो बन्दै गएको छ।

कोरोनाको खोप ल्याउनुपर्ने र यदि संसद पुनस्थापना भएन भने अर्बौँ खर्च गरी नयाँ निर्वाचन गर्नुपर्ने परिस्थितिका बीच पूरक बजेटको सम्भावना बढेको हो।

सामान्यतया आय र व्ययको सम्भावित हिसाब राखेर त्यसको स्रोत समेत उल्लेख गरी बजेट निर्माण गरिन्छ।

आर्थिक वर्षको लागि कुनै सेवाका लागि खर्च गर्न दिएको रकम अपुग भएमा अथवा त्यस वर्षको लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ सेवामा खर्च गर्नुपर्ने भएमा र समग्र खर्च चालू आर्थिक वर्षको बजेटले नधानेको अवस्थामा पूरक बजेट ल्याउन पाइने संविधानमै व्यवस्था गरिएको छ।

विनियोजन ऐनले दिएको रकमभन्दा बढी खर्च हुन गएमा पनि पूरक बजेट सार्वजनिक गरेर नयाँ स्रोत व्यवस्थापन गर्न सकिने व्यवस्था छ।

तुलनात्मक रुपमा हरेक नयाँ आर्थिक वर्षको लागि आउने बजेट बढेरै आएको हुन्छ। चालू आर्थिक वर्षको बजेट भने गत आर्थिक वर्षको तुलनामा घटेर आएको छ।

कोरोनाले अर्थतन्त्रमा परेको प्रभाव र अझ पार्नसक्ने प्रभावको आँकलनमात्रै गरेर बजेट आएको थियो। यही वर्ष कोरोनाको खोप विकास भई सर्वसाधारणकै पहुँचमा आउनसक्ने कुरामा सरकारको अनुमान नै थिएन। त्यसकारण चालू आवको बजेटले त्यसको अनुमान नै लगाएन।

किन उठ्यो पूरक बजेटको कुरा?
सरकारी निकायले आफूलाई आवश्यक पर्ने कार्यक्रमहरुको लेखाजोखा गरेर अर्थ मन्त्रालयमा आयव्ययगत विवरण पठाउने गर्छन्। त्यहीअनुसार अर्थ मन्त्रालयले आवश्यकता हेरेर त्यसमा रकम बाँडफाँट गर्छ अर्थात् बजेट विनियोजन गर्छ।

गत आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट विनियोजन भएकोमा यो वर्ष तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको मात्रै मूल बजेट विनियोजन गरेका थिए।

यो वर्ष बजेटको आकार नै घटाउनुपर्ने बाध्यता सरकारलाई भएका कारण गत आवभन्दा यो आवमा कम आकारको बजेट ल्याइएको हो।

तीन कारणः गैरबजेटरी माग, कोरोना खोप र निर्वाचन
यस्तो परिस्थितिमा आएको बजेटमा सबै निकायले उल्लेख गरेको कार्यक्रमहरु समावेश भएनन्। अर्थ मन्त्रालयले धेरै निकायका धेरै कार्यक्रमहरु बजेटबाट काटेको थियो। यही कारण अहिले अर्थ मन्त्रालयमा गैरबजेटरी माग ह्वात्तै बढेको छ।

अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख धनिराम शर्माले गैरबजेटरी माग बढेको जानकारी दिए। तर ती मागलाई अर्थ मन्त्रालयले अहिले नै सदर भने नगरेको उनले बताए।

‘चालू आर्थिक वर्षको बजेटमा सबै कार्यक्रम समावेश गर्न सकिएको थिएन। अहिले त्यसरी माग आउनु स्वाभाविक पनि हो’, शर्माले नेपालखबरसँग भने, ‘अर्कोतिर अहिले रकमान्तर स्वीकृतिको लागि पनि पत्र आउनथालेका छन्। त्यस्तो नराम्रो स्थिति त छैन।’

आन्तरिक रकमान्तर धेरै आउनु राम्रो पक्ष भएको उनको भनाइ छ।

एक त अहिले गैरबजेटरी माग नै बढिरहेको छ भने अर्कोतर्फ कोरोना भ्याक्सिन खर्च नेपाल सरकारको लागि ठूलो आर्थिक भार हुने देखिएको छ।

बजेट महाखाशा प्रमुख शर्माले भने, ‘चालू आर्थिक वर्षको बजेट ल्याउँदा भ्यासिक्नको कुनै आँकलन नै भएन। साउनपछि कोरोना घट्दै जान्छ, त्यसपछि अर्थतन्त्र चलायमान हुन्छ भन्ने अनुमानसहित बजेट निर्माण गरिएको हो।’

यसले धेरै नै ठूलो आकारमा वित्तीय दायित्व बढाउने देखिएको छ। नेपालमा १४ वर्षभन्दा बढी उमेर समूहको व्यक्तिहरुको लागि कोरोना भ्याक्सिन लगाउनै ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ।

यसअनुसार क्रमशः सरकारलाई वित्तीय दायित्व थपिनेछ। त्यसमाथि केही दिनअघि मात्रै संसद् विघटन भएर वैशाखमै अर्थात् चालू आवभित्रै नयाँ निर्वाचनको मिति तोकिएको छ।

यदि सर्वोच्च अदालतले संसद पुनस्थापना नगर्ने निर्णय लियो भने वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुनेछ। निर्वाचनको मिति चालू आर्थिक वर्षमा नै तोकिएकोले सरकारलाई कम्तीमा पनि २० अर्ब रुपैयाँको वित्तीय भार थपिने छ, जुन यो वर्षको बजेटले अनुमान गरेको थिएन।

यसअघिको निर्वाचनमा नै सरकारले २० अर्ब हाराहारीमा खर्च गरेको थियो। यसमा १० अर्ब रुपैयाँ निर्वाचन आयोगले खर्च गरेको थियो भने त्यत्तिकै आकारमा सुरक्षा निकायमा थप खर्च भएकोे सरकारी भनाइ थियो।

पछिल्ला यिनै राजनैतिक र सामाजिक परिस्थितिका बीच पूरक बजेटको आवश्यकता देखिएको अर्थ मन्त्रालयका अधिकारीहरूको तर्क छ।

कोरोनाका कारण थपिएको वित्तीय दायित्वसँगै आकस्मिक रुपमा घोषणा गरिएको निर्वाचनले नै यसको आवश्यकता संकेत गरेको छ।

अहिले नै आउँछ भन्न सकिन्नः अर्थ मन्त्रालय
तर पूरक बजेट कहिले आउँछ भन्ने चाहिँ अहिले नै भन्न सकिने स्थिति नरहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। संभवतः सरकारले पूरक बजेट ल्याउने निर्णयमा पुग्न संसद पुनस्थापना माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला कुरिरहेको हुनसक्छ।

बजेट महाशाखा प्रमुख शर्माले पनि सकेसम्म रकमान्तर गरिने र त्यसले पनि नधाने पूरक बजेट आउनसक्ने बताए।

उनले भने, ‘अहिले पनि निर्वाचन आयोगको लागि सरकारले बजेट विनियोजन गरेकै छ। त्यसमा पनि निर्वाचनमा छपाइलगायतमा बजेट गएको छ। त्यही शीर्षकमा अन्यन्त्र खर्च हुन नसकेको रकम रकमान्तर गर्न सकिन्छ।’

त्यसले पनि अपुग हुने देखिएको खण्डमा अथवा चालू आर्थिक वर्षको बजेट १४ खर्ब ७४ अर्बभन्दा बढी खर्च हुने देखिएको खण्डमा भने पूरक बजेट नै उपयुक्त विकल्प हुने शर्माले बताए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि सरे

0

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि सरेको छ।

बिहान ११ बजे बोलाइएको बैठक केही नेताहरूसँगको छलफल बाकी रहेको भन्दै १ बजेका लागि सारिएको हो।

सो समूहको आजको बैठकले पार्टी महासचिव चयन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत गरेको संवैधानिक ‘कू’का विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने नेताहरूले बताएका छन्।

सो समूहको महासचिवका लागि नेताहरू नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, वर्षमान पुन र जनार्दन शर्माको नाम चर्चामा रहेको छ।

त्यस्तै प्रधानमन्त्री ओली समूहले दिउँसो १ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेको छ।

ओली समूहका केन्द्रीय सदस्य कृष्ण राईले आजको केन्द्रीय कमिटी बैठकले चुनावी अभियान कार्यक्रम घोषणा गर्ने जानकारी दिए।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन

0

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।

राष्ट्रपतिको कार्यालय शितल निवासले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।

विज्ञप्तिमा भनिएको छ ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ,’।

जनकपुरमा श्रीमती र छोरीलाई एसिड छ्याप्ने श्रीमान तथा एसिड बेच्ने व्यापारीमाथि मुद्दा दायर

0

जनकपुरमा श्रीमती र छोरीलाई एसिड छ्याप्ने श्रीमान तथा एसिड बेच्ने व्यापारीमाथि मुद्दा दायर भएको छ। श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने धनुषा सबैला नगरपालिका–६ का २६ वर्षीय सञ्जिव साह र एसिड बेच्ने जनकपुरको निखिल स्टोरका सञ्चालक नागेन्द्र साहमाथि जिल्ला अदालत धनुषामा बुधबार मुद्दा दायर गरिएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले सञ्जिव र एसिड बेच्ने साहलाई समेत १५ वर्ष ६ महिना कैद र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने अभियोग जिल्ला अदातलतमा दर्ता गराएको न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए। उनका अनुसार एसिड प्रहरी गरी अंगभग गरेको कसुरमा ५ वर्ष, शरीर कुरुप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६ महिना गरी १५ वर्ष ६ महिना कैदसहितको अभियोग दर्ता गरिएको छ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश जारी भएपछि जनकपुरमा पहिलो पटक एसिड प्रहार सम्बन्धी मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

गएको कार्तिक २९ गते दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा गरी बस्दै आएकी २१ वर्षीया आरती साह र छोरी रिया साहलाई धनुषाको सबैला नगरपालिका–६ का २६ वर्षीय सञ्जिव साहले एसिड छ्यापेका थिए। श्रीमान श्रीमतीबीचको विवादको कारण केहि समयदेखि आरती माइतमा बसेर तरकारी व्यवसाय गर्दै आएकी छिन्।

एसिड प्रहारबाट शरीरको १५ प्रतिशत भाग जलेको आरतीको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। छोरी रियाको हात र टाउको एसिडले खत बसेको छ।

एसिड आक्रमण गरे लगतै प्रहरीले संजिवलाई पक्राउ गरेको थियो। संजिवलाई एसिड बेच्ने जनकपुरको निखिल स्टोरका सञ्चालक नागेन्द्र साहलाई घटनाको भोलिपल्ट प्रहरीले ५८ बोतल एसिडसहित पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ

0

जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।

लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए।

त्यसैगरी भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए।

त्यसैगरी भेरी नगरपालिका–१० जाजरकोट बस्ने धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका–१० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पक्राउ परेका छन्।

प्रहरीले नक्कली प्रशिक्षार्थी मिलाइदिने पञ्चपुरी नगरपालिका–२ सुर्खेतका २१ वर्षीय दीपक कँडेललाई पनि पक्राउ गरेको छ।

यही मङ्सिर २० गतेदेखि सुर्खेतमा सञ्चालन भएको प्राविधिक प्रहरी जवान सङ्गीततर्फको परीक्षामा हालसम्म ११ नक्कली परीक्षार्थी पक्राउ परिसकेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। रासस

नेपाल ओलम्पिक कमिटी (एनओसी)अन्तर्गत वुमन्स कमिसन (महिला आयोग) गठन

0

नेपाल ओलम्पिक कमिटी (एनओसी)अन्तर्गत वुमन्स कमिसन (महिला आयोग) गठन भएको छ।

एनओसीले बुधबार ज्योति राणाको अध्यक्षतमा ११ सदस्यीय कमिटी गठन गरेको हो।

अध्यक्ष राणाले दोस्रो कार्यकाल पनि कमिसनको नेतृत्व गर्न लागेकी हुन्।

कमिसनको अन्य सदस्यमा बिमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिला सिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, पेमा लामा डोल्मा र गीता श्रेष्ठ छन्।

वुमन्स कमिसनले महिला खेलाडीको हक हितका लागि आवाज उठाउने बताए। महिला खेलाडीप्रति हुने यौन दुर्व्यवहार र छाउ प्रथाबारे आफुहरुले जनचेतनामूलक कार्यक्रम गर्ने अध्यक्ष राणाले बताइन्।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राखे

0

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राखेका छन् । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ आइपुगेका नेता वैद्यले आज बिहान क्रान्तिकारी पत्रकार महासङ्घ प्रदेश नं १ को आयोजनामा गाईघाटमा भएको पत्रकार सम्मेलनमा ‘जनता कोरोना महामारीमा परेको, तिनको रोजीरोटी गुम्दै गएको, आर्थिक सङ्कट उत्पन्न हुँदै गएको, बेरोजगारी बढ्दै गएको, राष्ट्रियता सङ्कटमा परेको तथा सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले’ निराशा छाएको बताए ।

अर्को प्रसङ्गमा उनले भारतसँग सीमा विवादमा झुकेर कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान नहुने जनाउँदै आफ्नो भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र नेपाली जनता एक हुनुपर्नेमा जोड दिए ।

सबै दलभित्रका सच्चा क्रातिकारी शक्ति एक ठाउँमा आएर अगाडि बढे मात्र वर्तमान समस्याले निकास पाउने र देश स्थायी रुपमा समृद्धितिर जाने धारणा वैद्यले राखे । पार्टी पूर्वी ब्यूरोको बैठक आज नै उदयपुरको सदरमुकाम गाईघाटको सिटीहलमा बस्ने पार्टी प्रदेश नं १ का इञ्चार्ज मीनकुमार राउतले बताए ।

Last Posted Articles